पाँच मन्त्रीमाझ बाँडियो सबै मन्त्रालय

काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि केपी ओली सरकारका पाँच मन्त्रीमाझ सबै मन्त्रालय बाँडफाड गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज २०७८ असार १० गते विद्यमान मन्त्रीहरूलाई थप मन्त्रालय दिइएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग परराष्ट्र र रक्षा राखेका छन् ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार