पाण्डीचेरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

पाण्डीचेरी, १७ अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मुदलियर पेट एरिया समिति क्षेत्र भित्र पर्ने ताउलाँकूपम् एरियामा होटल ब्यावसाय र अन्य क्षेत्रमा कार्यरत् नेपाली मजदुर हरु विच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय एवंम् दक्षिण भारत क्षेत्रिय समिति सचिव जनक राज पौडेल,को उपस्थितिमा व्यापक छलफल पश्चायत भेला सम्पन्न भएको छ ।

लोक बहादुर गुरुङको अध्यक्षता ईन्द्रकुमार श्रेष्टको सञ्चालन, ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थिति जनमानसहरुलाई शब्दद्धारा स्वागत प्रेम बहादुर मल्लले गर्नुभएको थियो ।

भेला सफलताको शुभकामना दिनेहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति सदस्य भद्र बहादुर जिसी, नगर सदस्य साथै एरिया अध्यक्ष विनोद गायक, नगर सदस्य गंगाराम शर्मा, भेलामा सहभागी देव राज चौधारी, सुगन गुरुङ हुनुहुन्थ्यो ।

भेलाले लोकबहादुर गुरुङ अध्यक्ष रहेको एघार जनाको मुदलियर पेट एरिया अन्तर्गत “सि“ टोल समिति निर्माण गरेको छ । जसमा उपाअध्यक्ष प्रेम बहादुर मल्ल, सचिव,ईन्द्र कुमार श्रेष्ठ, सहसचिव, अम्बिका गुरुङ, कोषाअध्यक्ष, देवराज चौधारी, सदस्यहरुमा क्रमशः किरण चौधारी, अर्विन चौधारी, सुगन गुरुङ, हरि वहादुर रानाभाट, प्रेम विक, प्रेम मगर रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई बधाई दिदै सचिव पौडेलले संगठनको स्थापनाकाल, संगठित शक्तिको महत्व र बर्तमान संगठनको अबस्थाका साथै गलत तत्वले संगठनप्रति छर्दै आएको भ्रम बारे स्पष्ट पार्दै नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

त्यस्तै भद्र बहादुर जिसीले हाम्रो संगठन भारतमा रहेका आम श्रमिकहरुको साझा सामाजिक संगठन भएको हुदाँ, गौरवमय ईतिहास बोकेको छ बताउनु भएको थियो । अन्य बधाई दिनेहरुमा गंगाराम आचार्य, विनोद गायक हुनुहुन्थ्यो । भेला भब्यरुपमा सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार