पाण्डेचरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

864 जनाले पढ्नु भयो ।

पाण्डिचेरी, १० अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिद्धारा सञ्चालित टोलको दोस्रो भेला सम्पन्न भएको छ । नगर सदस्य विष्णु शर्माको विशेष पहलमा सम्पन्न भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माको उपस्थिति रहेको थियो ।

हरिप्रसाद आचार्यको अध्यक्षतामा सविना शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । डिल्लीप्रसाद शर्माले उपस्थित जनमानसलाई शब्दद्धारा स्वागत गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै सचिव पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पृष्ठभूमि र संगठित हुनुपर्ने महत्व बारे प्रष्टाउने कोशिस गर्नुभएको थियो । अर्को प्रशङ्गमा संगठनमा देखापर्दै आएका समस्या आरोह अवरोह र भ्रमलाई चिर्दै निरन्तर आफ्नो गतिमा संगठन बढ्दै आएको ईतिहास कोट्टाउनु भएको थियो । आगामि दिनहरुमा पनि संगठित सदस्यहरुले प्रतिबाद गर्दै जाने विश्वास ब्यक्त गर्नुभयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपाली श्रमजिवि मजदुरहरुको साझा संगठन भएको हुँदा स्थापना काल देखि नै श्रमजिवि मजदुरहरुको अभिभाकत्व निर्वाह गर्दै आएको संगठन हो ।

सामाजिक भावनाको विकाश गर्दै, विभिन्न प्रकारका उत्पिडनमा परेका नेपाली मजदुरहरुको पक्षमा आवाज बुलन्द गर्नु, हकहित र न्यायको पक्षमा निर्भिकताका साथ उभिनु नै मुख्य उदेश्य रहेको र त्यसैको परिणाम स्वरुप भारतमा मात्र सिमित नरहि विश्वमा नै संगठनको सञ्जाल फैलिएको बताउनु भएको थियो । त्यसैगरि चन्द्रकान्त शर्माले संगठनको महत्व र समसामायिक विषयमा धारणा ब्यक्त गर्नुभएको थियो । मुकुन्द पौडेल, मध्य दक्षिण एरिया समिति सचिव हिरा देवि शर्माले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

सागर दर्लामी अध्यक्ष रहेको र एक स्थान राखि, तेह्र जनाको “सि” टोल समिति गठन गरिएको छ । जसमा उपाअध्यक्ष– हरिप्रसाद आचार्य, सचिव– मुना दर्लामी, सहसचिव– टिकारा शर्मा, कोषाध्यक्ष– सविना शर्मा, सदस्यहरुमा क्रमश– मुकुन्द पौडेल, राजु क्षेत्री, डिल्ली प्रसाद शर्मा, हिरा देवी, शिव बस्नेत, प्रेम बहादुर रानाभाट, पार्वती शर्मा रहुनु भएको छ । विष्णु शर्माले नव निर्वाचित समितिका पदाअधिकारीहरुलाई बधाई सहित महत्वपुर्ण मन्तब्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *