पाण्डेचेरीमा एरिया सम्मेलन सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

1614 जनाले पढ्नु भयो ।

पाण्डीचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २६औ“ वार्षिक एरिया सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनमा समाजका केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनक पौडेल, केन्द्रीय सदस्य भगवती कु“वर, केन्द्रीय पार्षद चन्द्रकान्त शर्मा, नगर उपाध्यक्ष नरबहादुर केसी, नगर सचिव गोबिन्द शर्मा, नगर सदस्य भद्रबहादुर जिसि, नगर सदस्य कृष्ण खनाल, जनजाति विभागबाट सोमबहादुर चौधरी, समता विभागबाट सूर्य गायक, महिला विभाग अध्यक्ष विस्णु शर्माको आतिथ्यता रहेको थियो ।

सम्मेलनको उद्घाटन केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेलले गर्नुभएको थियो । त्यस क्रममा पौडेलले सङगठनको महत्व र देशको बर्तमान राजनीति स्थितिबारे स्पस्ट पार्नुभएको थियो । ओली सरकारको अप्रजातान्त्रिक र असंवैधानिक कदमको कडा शब्दमा बिरोध गर्दै आन्दोलनका उपलब्धी, गणतन्त्र धर्मनिपेक्षताको संरक्षणका लागि संसदको पुनस्र्थापना हुनुपर्नेमा पौडेलले जोड दिनुभएको थियो ।

केन्द्रीय सदस्य भगवती कु“वर, जनजाति नगर विभागका सदस्य तथा अरोभिल हेडनचौडि एरिया समितिबाट सोमबहादुर चौधारी, समता विभागबाट सूर्य गायक, जिपमेर एरियाबाट कृष्ण खनाल, महिला विभागबाट विष्णु शर्मा र खगेस्वर सुनारले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनले बिनोदकुमार गन्धर्व अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– सूर्य गायक, सचिव– रबि पौडेल, सहसचिव– मिना गायक, कोषाध्यक्ष– भद्रबहादुर जिसि र सदस्यहरुमा नरबहादुर केसी, गंगाराम शर्मा, राजु पराजुली, परशुराम शर्मा, माधव पौडेल, सरस्वती गायक, तुलसी गायक र रेखा गायक रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्मा र नगर सचिव गोबिन्द शर्माले बधाई दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता विनोद कुमार गन्धर्वले र सञ्चालन सचिव रवि पौडेलले गर्नु भएको थियो । सम्मेलनमा सहभागिहरुलाई गंगाराम शर्माले स्वागत गर्नु भएको थियो भने रक्तिम कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *