पाण्डेचेरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

पाण्डिचेरी, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल इडियन चौडीं एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बार्वती सेर्पालीको अध्यक्षता, एरिया सचिव विनोद चौधारीकोको सञ्चालन, उपस्थित जनमानसलाई शब्दद्धारा तुलसी सिंजाली मगरले स्वागत गर्नु भएको थियो ।

कार्यक्रम सफलताको शुभकामना सोम बहादुर चौधारीले दिनुभएको थियो । कार्यक्रमका अथितिहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य साथै नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा रहनु भएको थियो ।

कार्यक्रममा नयाँ प्रवेशीहरुलाई संगठनको सदस्य प्रदान गरिएको थियो । विषय केन्द्रीत रहि, भारतमा संगठनको आवाश्यकता बारे डिल्ली प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो । नेपालको नागरिकता संशोधन विधेयक सम्बन्धी चन्द्रकान्त शर्माले, साथै समसामायिक देशको राजनीति अबस्था र भारतमा संगठन निर्माणको पृष्ठभूमि बारे जनकराज पौडेलले स्पष्ट पार्ने प्रयत्न गर्नुभएको थियो । कार्यक्रम अत्यन्तै उत्साहपुर्बक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार