पानी धुमिल्याएर माछा मार्ने सपना कसैले पनि नदेख्दा हुन्छ : पौडेल

1480 जनाले पढ्नु भयो ।

तिलक राना,

हैदरावाद मध्य । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित बञ्जराहिल्स, सिकन्दराबाद ए र वि एरिया समितिको संयुक्त १३औं सम्मेलन सम्पन्न भएको छ । धन बहादुर शाहीको अध्यक्षता र बिकास परियारको सञ्चालन एवं सोबिता पौडेलको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा मध्य दक्षिण क्षेत्रीय समितिका कोषाध्यक्ष तिलक राना, मध्य नगर समितिका कोषाध्यक्ष राजु दुलाल, क्षेत्रीय महिला विभागकी कोषाध्यक्ष गुमा रानाले अतिथिको आशनग्रहण भएको थियो ।

प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सम्मेलनको समुद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा पौडेलले एकता समाजले ४३ वर्षको अन्तरालमा कैयौं प्रकारका चुनौतिहरुलाई सामना गर्दै र सबैखाले समस्याहरुमाथि विजय प्राप्त गर्दै आएको बताउनु भयो । एकता समाज भारतस्थित नेपालीहरुको न्यायपुर्ण आन्दोलनमा सदा अडिग र निरन्तरहरुमा खटिदै आएको बताउनु भएको थियो । “राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र संघीयता खारेजी”को लागि चल्ने जनतान्त्रिक आन्दोलनलाई आर्थिक नैतिक भौतिक रुपमा सहयोग र समर्थन गर्दै आइरहेको पौडेलले बताउनु भयो । मूल प्रवाहले सामाजिक काम मात्र नभएर बिचार र सिद्धान्तको नजिक पुगेर देशभित्र चल्ने विभिन्न समयका आन्दोलनमा प्रत्यक्ष र परोक्ष रुपले ऐक्यवद्धता तथा सहयोग र समर्थन गर्दै आइरहेको पौडेलले भन्नु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित श्रमजीवी वर्गहरुको हकहितमा काम गर्ने संगठन भएकोमा कुनै द्विविधा नरहेको पौडेलले बताउनु भयो । ‘भारत प्रवासमा रहेका श्रमजिवी नेपालीहरुका बिचमा आइपर्ने अनेकौं समस्याको समाधान गर्दै ४३ बर्ष पार गर्दै यहाँसम्म आएका छौं ।’ पौडेलले बताउनु भयो– ‘यो समयको अबधिभर मूल प्रवाहको मूल स्प्रीटमा विभिन्न आरोह अबरोहका बाबजुद कमि आउन नदिनु संगठनको नीति सहि हुनु र त्यो सहि नीतिलाई जनताको बिचमा पुर्याउन भुमिका खेल्ने हजारौं कार्यकर्ताले योगदान पुर्याउनु भएको छ ।’

पौडेलले देश भित्र विभिन्न प्रकारले साम्राज्यवादी स्वार्थ पूरा गर्न भित्राइएका गलत एजेण्डाहरु संघीयता, एमसिसि, लगायतका राष्ट्रियता र राष्ट्रिय अखण्डताको विरुद्ध भएकोले उक्त एजेण्डाहरु खारेज गर्नु पर्ने बारे स्पष्ट पार्नु भएको थियो । त्यसै गरी एक अर्को प्रसंगमा उहाले अहिले संगठन भित्र देखापरेको संगठन बिरोधि कार्य गर्ने तत्वहरुलाई कटाक्ष गर्दै धमिलो पानीमा माछामार्नेहरु पानी संगले पछी हतोत्साहित हुने र पश्चातापमा पर्ने कुराको पनि ठोकुवा गर्नुभएको थियो । साथै त्यस्ता प्रवृत्तिहरुबाट सचेत भएर संगठनको बिकास गर्न कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदरबाद नगर समितिद्वारा सञ्चालित बञ्जराहिल्स, सिकन्द्राबाद ए र वि एरिया समितिको संयुक्त एरिया सम्मेलनको घोषणा सभा राजु दुलालले सञ्चालन र धनबहादुर शाहीको अध्यक्षताबाट अगाडि बढेको थियो । अतिथिहरुको आसन ग्रहण पश्चात वीर शहिदहरुप्रती एक मिनेट मौनधारण गरिएको थियो । गंगा कडायतले शब्दबाट र रक्तिमका कलाकारले गित÷संगीतद्वारा स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य फुलबिना पौडेल, मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तथा मध्यद क्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, रक्तिम केन्द्रीय बिभागका झलक पुन, जनजाति केन्द्रीय बिभागका तिलक राना, महिला क्षेत्रीय बिभाग कि माया थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।

केन्द्रीय बैकल्पिक सदस्य भिम बहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह, समता क्षेत्रीय बिभाग बिकास परियार, मूल प्रवाह मध्य नगरका उपाध्यक्ष थानबहादुर क्षेत्री, उत्तर नगर समितिका यामबहादुर थापा, दक्षिण महिला बिभागको तर्फबाट गुमा राना, रक्तिम क्षेत्रीय बिभागबाट कृष्ण कुमारी बिक, बिद्यार्थी नगर बिभागबाट संजोग दुलालले पनि अतिथिको आशन ग्रहण गर्नुभएको थियो । सम्मेलनमा चयन भएको समितिको घोषणा केन्द्रीय प्रतिनिधि रतन सिंहले प्रस्तुत गर्नुभएको थियो ।

सिकन्दराबाद ए :

अध्यक्ष– गंगा कडायत, उपाध्यक्ष– बिजय क्षेत्री, सचिब– सबिता पौडेल, सहसचिब– अशोक बस्याल, कोषाध्यक्ष– नबराज पौडेल र सदस्यहरुमा देबेन्द्र केसी, संगीता केसी, राजु कडायत, सपना क्षेत्री, भिम बहादुर नेपाली, लिलसेन ठकुरी बैकल्पिक सदस्यमा मिना थापा, नरबहादुर थापा, सुदन नेपाली र राज गैरे, सल्लाहकार माकबिता शर्मा, बिष्णु गौतम, र दुई स्थान पछि पुर्तीगर्ने गरि ११ पुर्ण, ४ बैकल्पिक र ४ सल्लाहकार सहित १९ जनाको समिति चयनभए को छ ।

सिकन्दराबाद वि :

अध्यक्ष– धनबहादुर शाही, उपाध्यक्ष– कमल कुमाल, सचिव– बिकास परियार, सहसचिव– युबराज भण्डारी, कोषाध्यक्ष– सम्झना दुलाल, सदस्य गुमा राना, लिला शाही, भानु बिसि, हिमाल कुमाल, अनिल परियार, नवराज बिक, बैकल्पिक सदस्य दिपक खत्री, सोनु बिक, एक स्थान रिक्त, सल्लाहकारमा प्रेम केसी, जग प्रसाद विक, एक स्थान रिक्त रहेको छ ।

बन्जराहिल्स :

अध्यक्षमा– कृष्ण बहादुर नेपाली, उपाध्यक्ष– मधु थापा, सचिव– बिक्रम सुनम, सहसचिब– उमेश दुलाल, कोषाध्यक्ष– किस्न बहादुर थापा, सदस्यमाः कमला थापा, दिपेन्द्र थापा, टेकबहादुर पुन, सोबित कुमाल, बैकल्पिक सदस्यमाः राजु थापा, जुना परियार, सल्लाहकारमाः दिपक थापा र एक स्थान रिक्त राखिएको छ ।

नयाँ समितिका अध्यक्षहरुबाट समितिको तर्फबाट प्रतिवद्धता प्रकट गरिएको थियो । कार्यक्रमको अन्तिम क्षणमा रक्तिमद्वारा रोचक गित र नृत्य प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *