पार्टीका तीन दिवंगत सदस्यप्रति मसालद्वारा श्रद्धाञ्जली

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

340 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले आफ्नो पार्टीका तीन जना सदस्यप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी सदस्यहरु पदमबहादुर के.सी.(का. बर्मा), शेख सलाउद्दिन(का.अजुबा) र बीबी थापा(का. मुहान) को निधनप्रति मसालले गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

रौतहट जिल्ला राजपुर नगरपालिका–१ निवासी कमरेड शेख सलाउद्दिनको यही जेठ ८ गते नारायणी क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने बीबी थापाको जेठ ७ गते भारतमा मृत्यु भएको थियो । यस्तै, पदमबहादुर केसीको फरबरी २०, २०२१ मा भारतको कोयममतुरमा मृत्यु भएको थियो ।

महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी तीन पार्टी सदस्यको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउँदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

यस्तो छ वक्तव्यः

‘ने.क.पा(मसाल)का सदस्य कामरेड पदमबहादुर के.सी.(का.बर्मा)को फरबरी २०, २०२१ मा भारतको कोयममतुरमा मृत्यु भएको छ । रोजगारको सिलसिलामा भारतमा रहनुभएका का. के.सी. दक्षिण भारत जिल्ला समितिअन्तर्गत कोयममतुर नगरसमितिमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मूलप्रवाह एकतासमाज कोयममतुरको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । उहाँ अनुशासित, इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

नेपाल कम्युनिस्ट पार्टी(मसाल)का सदस्य रौतहट जिल्ला राजपुर नगरपालिका–१ निवासी कमरेड शेख सलाउद्दिन(का.अजुबा)को २०७८ जेठ ०८ गते नारायणी क्षेत्रीय अस्पतालमा उपचारको क्रममाा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । उहाँले पार्टी र विभिन्न जनवर्गीय संगठनका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अनुशासित र इमान्दार पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

ने.क.पा.(मसाल)का सदस्य का. बीबी थापा(का. मुहान) को २०७८, जेठ ०७ गते भारतमा मृत्यु भएको छ । उहाँ रोजगारको सिलसिलामा भारतमा हुनुहुन्थ्यो । उहाँ पार्टीको दक्षिण भारत जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह एकता समाजका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । उहाँ इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।’

२०७८ जेष्ठ ११ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *