पार्टी संगठनमा लेनिनवादी संगठनात्मक पद्धतीको विकास गरौं

  •   
  •  
  •  
  •  
  •  
  •  

987 जनाले पढ्नु भयो ।

  • त्रिभुबन भट्टराई

हर कसैलाई पार्टीमा काम गर्ने र पार्र्टी छोडन स्वतन्त्र अधिकार हुन्छ । काम गरेपछि पार्टीको सिद्धान्त, राजैनीक लाईन र पार्टीको संगठनात्मक प्रणालीलाई सहर्ष स्वीकार गरी पार्टी अनुशासन र पद्धती मानेर जानुपर्ने अनिबार्य हुन्छ । सबै समिति या पार्टीमा काम गर्ने पार्टी सदस्यहरु पार्टीको माहाततमा हुन्छन् । यदी कसैलाई पार्टीमा ब्यक्ती प्रधान हुन्छ, ब्यक्तीलाई पार्टीले मान सम्मान गर्नु पर्दछ र मैले पार्टीलाई टेरपुच्छर नलाए पनि हुन्छ भन्ने सोंच आएको छ भने, त्यो उसको आफ्नो पतनको दिशा हो । एउटा ब्यक्तीलाई पार्टीमा लिएर राष्ट्रिय रुपमै चिरपरिचित नेता बनाउन पार्टीले ठुलो लगानी गरेको हुन्छ ।

यति धेरै लगानीबाट तयार भएको नेता कार्यकर्तालाई पार्टीबाट हटाउन कसैलाई रहर हुँदैन । जब नेता पपुलर हुन्छ अनि उसमा हामी सबै भन्ने सोंचबाट हटेर म भन्ने शब्द र महत्वाकांक्षा प्रधान भएर आउँछ । त्यसपछि उसको आफ्नै उधोगति लाग्छ । वर्तमानमा पार्टीमा माथि कतिपय व्यक्तिहरुले लगाउने गरेको आरोप पनि त्यसको नेराघेरमा छ ।

मञ्चमा उभिएर भाषण गर्नु, राम्रो गित गाउनु राम्रो कुरा हो । तर म भाषण गर्न सिपालु छु, गित गाउन सिपालु छु भन्दैमा पार्टीमा ध्वांस जमाउन खोज्नु राम्रो संकेत हैन । कम्यूनिष्ट पार्टीमा काम गर्ने व्यक्तिले सबै काम गर्न पार्टीको अनुमती अनुसार नै गर्नु पर्दछ र पार्टी अनुशासन रहेर काम गर्नु पर्दछ । घरमा हर्पेमा राखेको घ्यु खान त आमाको अनुमती चाहिन्छ, किन भने आमा घरको नेतृत्वमा हुन्छिन् । पार्टीमा पनि त्यही कुरा सत्य हो ।

पार्टीमा माथिबाट तलसम्म एउटा सिस्टम हुन्छ सोही नियम अनुसार पार्टी चलेको हुन्छ । पार्टीमा टुला नेताहरु र कार्यकर्ताहरुमा पार्टी नियमहरु अलग–अलग हुँदैन । अझ ठुला नेताहरुले पार्टीको अनुशासन झन् कडाई पुर्वक पालना गर्नुपर्ने हुन्छ । किन भने पार्टी नैतृत्वबाट कार्यकर्ताले सिक्ने हो । कतिपय साथिहरुले म तल्लो कमिटीमा छु मैले जे गरे पनिन हुन्छ, पार्टीले मलाई कहाँ देख्छर भन्ने सोंचमा भएको पाइन्छ । कतिपयलाई म यती ठुलो पार्टीको ब्राण्ड चेहरा छु, मैले गल्ती गरे पार्टीले के गर्ला र भनेर पार्टीमा मनपरि गर्न खोज्ने गरेको पनि पाइन्छ । पार्टीले आफ्ना कार्यकर्ता र नेताहरुलाई ७ ताल मुनिभित्र पनि हेरिरहेको हुन्छ ।

कुरा कहाँनेर बिग्रन्छ भने म यति ठुलो सबैले मान्ने नेता भए यो सबै मेरै बलबुतामा भएको हो । जब पार्टीको म नेता हुनुमा केही भुमीका छैन, मेरै मेहनत र लगानीले नेता भएको हुँ भन्ने सोंच्न पुग्छ, अनि उ पार्टी अनुशासन तोडदै जान्छ अनि पार्टीले स्तर अनुसारको कार्बाही गर्दछ अनी उ सबै भन्दा बढि पार्टीप्रति आक्रमक भएको पाइन्छ । टेलिबिजनमा मैले मसाल छोडेको यति बर्ष भयो भनेर गिनाउँदै हिडछ । पार्टीमा काम नगरे पछि त त्यसै पार्टी छोडेको सरह हो ।

नेपालमा गित गाउने त कति छन् कति, गित गाउनेहरुको कमि छर ? नेपालमा एकदिन भ्वाईस अफ नेपालमा एकजना भाइले रक्तिमको गित गाएका थिए । उनी न रक्तिमका थिए, न उनी मसाललाई समर्थन गर्दथे । गित त सबैले गाउने त रहेछन् त । घमण्ड त राबणको पनि टिकेन । समय सधै एकनास रहँदैन समय हर कसैको लागि प्रतिकुल र अनकुल हुन्छ । आज हाम्रो लागि समय सामान्य प्रतिकुल हुन सक्ला तर यो अबस्था अस्थाई हो ।

किन भने हामी नियम बद्धती सहि लाइनमा अडिग छौँ । हामी पनि सबै खाले चुनौतीहरुलाई सहर्ष स्वीकार गरि पार्टीमा लागेका हौं । सजिलो रोज्ने भएत कम्युनिस्ठ पार्टीमा किन लाग्थ्यो र ? फ्रान्सका जनताले हातमा लिएको सत्ता ७२ दिन मै गुम्यो, जनतामा ब्यापक निराशा आयो १९०५ मा रुसमा क्रान्ति असफल भयो । जारले हजारौँ हजार आन्दोलनकारीहरुलाई मा¥यो । त्यहाँ यति निराशा आयो कि निम्न पुँजिबादी चिन्तन बोकेकाहरु क्रान्ति र क्रान्तिकारी आन्दोलनबाट १० कोष भागे तर इतिहासले प्रमाणित गरिदियो कि ति सब अस्थायी थिए । जनताको जीत निश्चित थियो, भयो । फेरी पनि १९१७ मा रुसमा लेनिनको नेतृत्वमा अक्टुबर क्रान्ति सम्पन्न भई छाड्यो, त्यहाँ समाजबाद पनि आयो । त्यहाँ लामो समयसम्म कम्यूनिष्ट शासन चल्यो, इतिहासले प्रमाणित गर्यौं, विचारमा विचन नआउँदासम्म पार्टीमाथि जतिसुकै हमला भए पनि क्रान्ति हार्दैन ।

मार्क्सवाद–लेनिवाद– माओबिचारधाराको अजय सिद्धान्त अटल छ, अमर छ अप्ठ्यारा चुनैतीसँगलाई सहर्ष स्वीकार गरि न्याय र जीतको लागि लामबद्ध भई अघि बढ्नका लागि श्रमजिवी वर्गलाई सदा प्रेरित गर्दै आएको छ । जो कसैले रोक्न खोजेर श्रमजिवीहरुको मुक्तिको महान संघर्षको गति रोकिदैन ।होला केही, अवसरवादीहरुले केही सोझा र सिधालाई भ्रम छर्दैगर्दा अलमल । तर त्यो दिर्घकालीन हुँदैन ।

नेपाल कै परिवेशमा हाम्रै पार्टी भित्रको इतिहासलाई ठिकसँग हामीले अध्ययन गर्यौं भने सहजै अनुमान गर्न सक्दछौँ । लामा जीहरु देखि लिएर, बैद्य, बाबुराम, दिनानाथ, केशव नेपाल, रामसिंह श्रीस, डिलाराम सबैले नेतृत्वलाई एउटा न एउटा आरोपहरु लगाए र पछि सबै झूट सावित हुँदै गए । इतिहाँसले फेरी त्यही निरन्तरतालाई दोहोराउने कोशिस गरेको छ । त्यसका पात्रहरु मात्रै फेरिएका छन् । कैयौँ बाहिरीयाहरुले हौस्याएका छन्, साथीहरु हौसिनु भएको छ । दशैंमा खुट्टो लगाएको कुभिण्डो नकुहिंदासम्म मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *