पाल्पाका रमेश सुनारको सडक दुर्घटनामा भारतमा मृत्यु
4014 जनाले पढ्नु भयो ।
खिमराज चालिसे
चंडीगढ, १८ अक्टुवर । भारतको उत्तराखण्ड राज्यको रुद्रपुरमा एक नेपाली युवकको सड्क दुर्घटनामा परि मृत्यु भएको छ ।
यहि १६ अक्टुवरको विहान टेम्पु ट्रावल गरि हिमांचलको शिमलाबाट टनकपुर जाँदैगर्दा उत्तराखंड राज्यको रुद्रपुर पिलीभीत जाने बाटोमा दुर्घटनाग्रस्त भएको थियो ।
मृतकका आफन्त दिनेश परियारले घटनास्थलबाट दिएको जानकारी अनुहार मृतक एक ट्रावल्समा कार्यरत थिए । उनको घटनामा परि टाउको र छातीमा गम्भीर चोट लागेको थियो । अन्य यात्रु भने सामान्य घाइते भएको र प्राथमिक उपचार पछि घर फर्किएको जनाइएको छ ।
तर वर्ष ३४ रमेश सुनारको आज १८ अक्टुबर २०२० को विहानै वरेली श्रीरामकिशोर मेमोरियल हस्पतालमा दुःखद निधन भएको छ ।
मृतक पाल्पा जिल्ला, रिव्दीकोट गाउँपालीका ३, खसौली निवासी खडक सुनारका छोरा भएको हुन् । उनको घरमा श्रीमती, ९ वर्षिय छोरी र १ वर्षिय छोरा रहेका छन् ।
दिनेश सुनारका अनुसार शव नेपालमै अन्त्यस्टी गर्ने गरि एम्बुलेंसमा नेपाल पठाइएको छ ।