पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले सिंहदरबार घेराउ गर्दै

  •   
  •  
  •  
  •  
  •  
  •  

87 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले आज (शुक्रबार) सिंहदरबार घेराऊ गर्दै छन् । प्राविधिकहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गर्न लागेका हुन् । उनीहरुले आजै संयुक्त रुपमा राजीनामा बुझाउने तयारी गरेका छन् ।

सिंहदरबार घेराऊ गर्ने कार्यक्रम पछि सो क्षेत्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । सिंहदरबारको चारैतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा तैनाथ भएका छन् ।

पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई कामबाट हटाउने निर्णय भएपछि उनीहरुले ‘राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’ गठन गरी आन्दोलन थालेका थिए । समितिका अध्यक्ष अविनाश अमरले ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिनुभएको छ ।

३२ जिल्ला अन्तर्गतका सम्पुर्ण प्राविधिकहरुको राजीनामा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा दिने भएका हुन् ।

‘हाम्रो ११ असारबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद हुन्छ र आन्दोलनबाट माग पूरा गराउनका लागि पछि हट्दैनौं’ अध्यक्ष अमरले भन्नुभयो । अमरले महामारीको समयमा प्राविधिकहरुलाई पुगेको क्षतिको विवरण र क्षतिपुर्तिको सरकारसँग माग गर्नुभयो ।

अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरुले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र माग पुरा भएको स्मरण गर्दै फेरि पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *