पुना नगर समिति अन्तर्गत विमान नगर एरिया भेला सम्पन्न

पुना, २३ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत विमान नगर एरिया समितिको भेला सम्पन्न भएको छ । भेला महासचिव ठाकुर खनालको प्रमुख आतित्थ्यत र केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले अतिथि आसन ग्रहरण गर्नुभएको थियो ।

धन बहादुर विकको अध्यक्षता र लक्ष्मण विकको सञ्चालनबाट अगाडि बढेको सो भेलामा ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेटको मौनधारण पछि दिपक मगर स्वागत मन्तव्य दिनुभएको थियो ।

भेलाको उद्घाटन महासचिव ठाकुर खनालले गर्नु भएको थियो । देशको आर्थिक सामाजिक र राजनैतिक कारणले विदेशीनु वाध्य भएका नेपालीहरुको समस्याको समाधान सचेत राजनैतिक चेतनाको आधारमा संगठित प्रयासबाट नै सम्भव भएको बताउनु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले त्यसका लागि भुमिका निर्वाह गर्दै आएको खनालले जोड दिनुभएको थियो ।

मूल प्रवाहले भारतस्थित नेपालीहरु माथि आईपर्ने समस्या समाधान गर्दै नेपालीहरुलाई संगठित र सचेत गर्दै आएको खनालले बताउनु भयो । “नेपालीहरुको हकहितको लागि स्थानीयदेखि केन्द्रीय स्तरमा अनेकन कामहरु भएका छन् । त्यति मात्र हैन यसले नेपालको राष्ट्रियता, जनतन्त्र, जनजिविकाको लागि चलेका आन्दोलनहरुमा ऐक्यवद्धता आन्दोलन समेत चलाउ“दै आएको छ ।” खनालले अगाडि भन्नु भयो– “कैयौं व्यक्ति तथा संगठनहरुले अनेकन भ्रम शृजना गरि नेपाली जनतालाई गुमराह गरेका छन् । कैयौं संगठनमा मूल पार्टीले सत्ता सञ्चालन समेत गरेका छ्न तर प्रवासी नेपालीहरुको समस्यालाई वास्ता गरेनन्, उनीहरू केवल आफ्नो स्वार्थमा सिमित भए ।” नेकपा (मसाल) एक मात्र यस्तो पार्टी हो जसले निरन्तररूपमा राष्ट्रियता जनतन्त्र र जनजिविकाका साथै प्रवासी नेपालीहरुका समस्यालाई लिएर आन्दोलनहरुको उठान गर्दै आएको खनालले जोड दिनु भयो ।

भेलाले धनबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय एरिया समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– भिम सिंह नेपाली, सचिव– लक्ष्मण विक, सहसचिव– प्रेम रावत, कोषाध्यक्ष– राम बाजे, सदस्यहरुमाः जनक बहादुर भुल, लक्ष्मण विक(ख), गंगा विक, चक्र विक, करण विक, प्रकाश जेठारा, रमेश विश्वकर्मा, रमेश जेठारा, हिरा विक, बाजि विक, बैकल्पिक सदस्यमाः कमल विक र रोहित शर्मा रहनुभएको छ । त्यस्तै भेलाले धनराज खनाल, प्रेम भुसाल, बिल सिंह परियार र करण विकलाई सल्लाहकार चयन गरेको छ ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले नवगठित समितिलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार