पुर्खाहरूको पदचापलाई पछ्याउँदै देशको रक्षा गर्न प्रतिबद्ध व्यक्तिहरु मात्रै बंशजको नागरिकताको हकदार हुन्छ : अधिवक्ता पदम रोका

  •   
  •  
  •  
  •  
  •  
  •  

640 जनाले पढ्नु भयो ।

गिरीप्रसाद बुढा

रुकुम पश्चिम, जेठ १२ । राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश स्तरको अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमल विक्रम शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा सम्पन्न यस कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष कामरेड चित्रबहादुर के.सी. हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष कामरेड जनकराज शर्मा, अधिबक्ता कामरेड पदम रोका, केन्द्रीय सदस्य कामरेड रत्नबिक्रम प्यासी लगायत हुनुहुन्थ्यो ।

यस प्रशिक्षण कार्यक्रममा अधिबक्ता पदम रोकाले नागरिकता सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा नागरिकता के हो ? नागरिकता प्राप्तिका आधारहरू के के हुन ? नागरिकता वितरण सम्बन्धि अन्तरास्ट्रिय प्रचलन के कस्तो रहेको छ ? आदी बिषयहरूमा प्रस्ट पार्दै हाम्रो देशको सन्दर्भमा बंशजको नागरिकता प्राप्त गर्ने अधिकार ति नागरिकहरूलाई मात्र रहेको छ, जसका पुर्खाहरूले यो देश निर्माण गर्न पसिना बगाए, जसको पुर्खाहरूले यो देश बचाउन रगत बगाए र शहिद भए अनि जो ब्यक्ति तिनै पुर्खाहरूको पद चापलाई पछ्याउँदै यो देशको रक्षा गर्न प्रतिबद्ध छ । तर जन्मको आधारमा नागरिकता लिनेहरूसँग यसप्रकारको देशभक्ति भावनाले प्रेरित रगत र पसिनासँग कुनै सम्बन्ध नहुने भएकोले जन्मको आधारमा नागरिकता लिएकाहरूको सन्तानहरूलाई बंशजको नागरिकता दिने भन्ने कुरा गलत र राष्ट्रघाटी भएको कुरा प्रस्ट छ भन्नु भयो । यसरी नै जन्म र वंशजको आधारमा नागरिकता दिने कुरा आकास जमिनको फरक भएको र हाल नेपालमा लिईएको नागरिकता विधेयक मुख्यतय भारतीयहरुलाई नागरिकता दिने प्राब्धान भएको कुरामा कुनै शंका छैन त्यसैले यसको खारेजीको लागि संघर्ष गर्नुको विकल्प नभएको कुरा प्रष्ट पार्नु भयो ।

यसै गरि यस प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले समसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा बर्तमान देशको अबस्था, नेपालका मुख्य राजनितीक पार्टीहरूका राजनीतिक पृष्ठभूमि, उनिहरूको गलत भूमिका, वर्तमान राष्ट्रपतिको भूमिका, हाम्रो पार्टीको अबस्था तथा हाम्रा पार्टी विरोधीहरू आदी बिषयमा स्पष्ट पार्नु भएको थियो । प्रशिक्षणको क्रममा नेपाललाई सजिलै सिक्किम बनाउने योजनाका साथ जन्मको आधारमा नागरिकता लिनेहरूको संख्यामा बृद्धी ल्याउन सिमानाहरूमा भारतले ठूलो संख्यामा प्रसुतिगृहहरू बनाईरहेको छ भन्नु भयो । यसैगरि बर्तमान नेपालको राष्ट्रपतिको भूमिका अत्यन्तै भद्दा प्रकारको रहेको, संविधानको पालना नगरि विशुद्ध ओलीको खेलौना बनेको भनाई पनि उहाँले ब्यक्त गर्नु भयो । नैतिकता नभएका दलहरूले नेपालको संसदलाई प्रयोगशाला बनाईरहेको र कतिपय हाम्रो पार्टीका साथिहरुलाई समेत यसको प्रभाव पर्न गएकाले पार्टी नीति, सिद्धान्तबाट नचप्लिन हामी सबै सजग हुनु पर्छ र हामीले कडाईका साथ लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अपनाउनु पर्छ भन्ने कुर स्पस्त पार्नु भयो ।

यसै क्रममा पुरक विचार राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले यसप्रकारका प्रशिक्षण कार्यक्रमहरु हरेक जिल्लाहरूका साथै स्थानिय तहहरूमा समेत गर्दै जानु पर्ने आवश्याकता रहेको धारणा ब्याक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *