पुर्ण बहादुर सोनीप्रति भावपूर्ण श्रद्धाञ्जली

प्युठान जिल्ला, झिमरुक गाउँपालिका ७ कुता निबासी, साबिकको तुसारा गाबिस, हाल कपिलवस्तु चन्द्रौटा निवासी बर्तमानमा भारत छतिसगढ भिलाई औद्योगिक नगरमा बसोबास गर्दै आउनु भएका, पुर्ण बहादुर सोनीको आज दुःखद निधनको खबरले हामी स्तब्ध छौं ।

भारतमा गाँसबाँस कपासको समस्याले भौतारिएका नेपाली युबाहरुलाई राष्ट्र, राष्ट्रियता र प्रवासी नेपालीहरुलाई एउटा मालामा एकजुट गर्दै भारतस्थित नेपालीहरुको चेतनास्तरको बिकास गर्दै देशको जनतन्त्रिक आन्दोलनकोलाई टेबा पुराउने उदेश्यले सन १९७९ मा स्थापित एकता समाज र लगत्तै गठित भिलाई नगर समितिका संस्थापक एबं नगर अध्यक्ष पुर्णबहादुर सोनीको ८१ बर्षको उमेरमा अपरान्न हृदयघातबाट निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ सोनी एक कर्मठ समाजसेबी तथा समता मूलक समाज निर्माणका अथक यात्री हुनुहुन्थ्यो । भारतमा एकता समाजको स्थापना लग्गतै एकता समाजमा आवद्ध सोनी एक प्रगतिशील बिचारले भरिपुर्ण सिपाही हुनुहुन्थ्यो । हर हमेसा एकता समाज वा सामाजिक सरोकारमा अग्रस्थानमा रहँदै आउनु भएका सोनीको निधनले संगठनलाई अपुर्णिय क्षती भएको छ । उहाँमा हार्दिक श्रद्धाञ्जली सहित परिबारजनमा गहोरो समबेदना व्यक्त गर्दछौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारत क्षेत्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार