पूर्वी भारतमा संघीयता विरुद्ध सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

140 जनाले पढ्नु भयो ।

पूर्वी भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समितिको आयोजनामा स्वदेशमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको संघीयता विरुद्धको सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

क्षेत्रीय समितिका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षता तथा सचिव गिरीराज परियारको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा महासचिब ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै केन्द्रीय सदस्य हेम कुमार थापा र परिषद सदस्य शम्मर माझीले पनि आतिथि आसन गरहण गर्नुभएको थियो । ज्ञात–अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण पछि क्षेत्रीय सदस्य बिजय कुमार लामाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा कोलकता नगर अध्यक्ष धन बहादुर भुसाल, सचिब राम बहादुर जिसि, कटक नगर अध्यक्ष शिव कुमार सुतार, भुबनेश्वर नगर अध्यक्ष रेकम जिसि र सचिब केशब केसी, क्षेत्रिय समितिबाट विष्णु श्रीनेत, महिला विभागबाट शसिकला जिसि, शम्मर माझी, हेम कुमार थापा र प्रमुख अतिथि ठाकुर खनालले मन्तव्य दिनुभएको थियो ।

भूवनेश्वर,

त्यस्तै भुबनेश्वर नगर समितिको आयोजनामा स्वदेशमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको संघीयता विरुद्धको सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

नगर उपाध्यक्ष बिजय कुमार लामाको अध्यक्षता तथा केशब क्षत्रीको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।

क्षेत्रीय समितिका उपाध्यक्ष थमन जिसी, नेपाली समाचार प्रतिनिधि गिरिराज परियार, रेकम जिसी लगायतले अतिथि आसन ग्रहण पछि शहिदहरुको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुलाई रेकम जिसीले स्वागत मन्तव्य पछि अतिथिहरुले संघीयता नेपालको परिवेशमा उपउक्त नभएको धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *