पूर्वोत्तर भारतको लाडरुम्बईमा एमसिसि सम्झौता विरोद्ध सभा सम्पन्न

लाडरुम्बई, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लाडरुम्बई नगर समितिद्वारा सञ्चालित चारकिलो एरिया समितिको आयोजनामा एमसिसि विरुद्ध सभा सम्पन्न पारिएको छ ।

कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुब्बाले र सञ्चालन हरि केसीले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई गोविन्द कोइरालाले स्वागत गर्नुभएको थियो ।

एमसिसि खारेज गर, राष्ट्रियताको रक्षा गरौं, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएर कार्यक्रमलाई गुञ्जयमान बनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर अध्यक्ष मोहन ठकुरीले नेपालमा कुनै पनि हालतमा एमसिसि सम्झौतालाई कार्यान्वयनका हुन दिनु नहुने धारणा राख्नुभएको थियो । त्यसका लागि प्रवास लगायत देशभित्रका सम्पूर्ण देशक्ता जनतान्त्रि शक्तिहरु एकापसमा एक मना एकता बनाएर संघर्षमा लाग्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार