पूर्व निर्णबाट पछि हट्यो सरकार, कोरोनाको परीक्षण र उपचार निशुल्क

62 जनाले पढ्नु भयो ।

काठमाडौं । अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले पूर्व निर्णय सच्याउँदै कोरोनाको परीक्षण तथा उपचार निशुल्क गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले सो निर्णय सच्याउँदै सरकारी अस्पतालमा परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो । मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।

यस्तै, सरकारले मन्त्रीहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिडको खोप आयात गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेको एक समिति गठन गरी त्यसका लागि आवश्यक प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले बंगलादेशबाट मल खरिद गर्ने निर्णय पनि गरेको छ । यसअघि बंगलादेशले सापटी दिने भनिएको मल सापटी नआउने भएपछि खरिद गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *