पोखराका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

  •   
  •  
  •  
  •  
  •  
  •  

325 जनाले पढ्नु भयो ।

गणेश अधिकारी,

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा पाँच विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । सरकारको असंवैधानिक काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले देशभर आयोजना गरेको विरोध अन्तर्गन पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

पुत्ला दहनपछि आयोजित कोणसभालाई पाँचै विद्यार्थी संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले विघटित संसद पुनर्स्थापना हुनुपर्ने र प्रधानमन्त्री केपी ओलीका स्वच्छाचारी तथा निरंकुश कदम रोकिनुपर्ने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने, शैक्षिक क्षेत्रसँग सम्बिन्धित सबैलाई कोभिड खोप लगाउनुपर्ने तथा शैक्षिक माफियाले लकडाउन अबधिमा लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्नुभएको थियो ।

कार्यक्रममा संघीय समाजवादी विद्यार्थी युनियनकी कार्यबाहक अध्यक्ष आस्था नेपाली, अनेरास्ववियु जिल्ला अध्यक्ष बज्रराज अधिकारी, अखिल क्रान्तिकारीका जिल्ला संयोजक बसन्त भट्टचन र नेबिसंघ जिल्ला सभापति विकास थापाले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *