पोखरामा विद्यार्थीको सिट्टी जुलुश प्रदर्शन

गणेश अधिकारी,

पोखरा । पोखरामा अखिल (छैठौं) सहित संयुक्त विद्यार्थी संगठनले पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सिट्टी जुलुस प्रदर्शन गरेका छन् । पोखराको मानवअधिकार चोकबाट सुरु भएको सिट्टी जुलुस चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा गएर कोण सभामा परिणत भएको थियो ।

सिट्टी जुलुससहित नारा जुलुस गर्दै विद्यार्थीहरुले सडकलाई केही समय चक्काजाम समेत गरेका थिए । चक्काजापछि संयुक्त विद्यार्थी संगठनका जिल्ला स्तरीय विद्यार्थी नेताहरुले सम्बोधन समेत गरेका थिए ।

कार्यक्रमलाई अखिल (छैठौं) का नेता सोमनाथ अधिकारी, समाजवादी विद्यार्थी युनियनका नेता आस्था नेपाली, अनेरास्ववियुका जिल्ला अध्यक्ष बज्रराज अधिकारी, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक बसन्त भट्चन र नेविसंघ जिल्ला सभापति विकास थापाले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विरोध गर्नुका साथै पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार