प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु, राजमोद्वारा समवेदना प्रकट

  •   
  •  
  •  
  •  
  •  
  •  

8119 जनाले पढ्नु भयो ।

प्युठान । प्युठानमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटना परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको हो ।

साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो । मृतक सातै जनाको पहिचान खुलेको छ ।

भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ट्र्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कुँवरको पनि मृत्यु भएको उहाँले बताउनुभयो ।

ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ । सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

यसै बीच प्युठानबाट निर्वाचित सांसद एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बताउनुभएको छ ।

आइतबार विज्ञप्ति निकालेर सांसद पौडेलले घटनाप्रति दुःख व्यक्त गनुभएको छ । उहाँले घटनाको छानबिन गर्न, मृतकका परिवारलाई उचित क्षतिपुर्ती र घाइतेको उपचार गर्न माग गर्नुभएको छ ।

पौडेलले भननुभएको छ,

‘प्यूठानको स्वर्गद्वारीमा साउन ३ गते शनिबार राती ट्याक्टर दुर्घटना हुँदा रोल्पाका ७ जना मजदुरको दुखद निधन भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं।.३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं। ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कुँवरको निधन भएको छ भने विशाल थापा घाइते भएका छन् ।

भिंगृ स्वर्गद्वारी मोटरबाटो निर्माण कार्यमा संलग्न उनीहरु साउने सक्रान्ति मनाउन घर गएका र काममा फर्किने क्रममा चढेको ट्याक्टर दुर्घटना हुँदा निधन भएको खबरले रोल्पा र प्यूठानबासीलाई स्तब्ध बनाएको छ । मृतक सबैजना १९ देखि २५ वर्षका युवाहरु रहेका छन् । दुर्घटनाबाट ७ जना युवा जनशक्ति गुमेको छ ।

लगातारको दुर्घटनाले सवारी सुरक्षामा गम्भीर त्रुटी रहेको देखाउँछ । चालकको लापरवाहीले नै अधिकांश दुर्घटना हुने गरेको कैयौं अध्ययनहरुले देखाएको छ । राज्य, चालक, व्यवसायीहरु सबैले दुर्घटना रोक्न सामूहिक पहल गर्नुपर्ने आवश्यकता छ । घटनाको बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र मृतकका परिवारलाई उचित राहत दिन र घाइतको उपचारको लागि अनुरोध गर्दछौं ।

दुर्घटनामा निधन भएका सबै युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *