प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश

प्युठान। प्युठानको झिमरुकमा नेकपा र नेपाली कांग्रेस परित्याग गरी दर्जनौं कार्यकता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शनिबार झिमरुक गाउँपालिका–८ फुलवारी रातामाटामा आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टी प्रवेश गराइएको हो ।

राजमोमा प्रवेश गर्नेहरुमा रोमबहादुर बस्नेत, धनबहादुर महतारा, लक्ष्मण सुनार, नारायण परियार, कृष्ण गिरि, सन्तोष महतारा, हुम बहादुर विक, गणेश सुनार, मनु गिरि, रमेश सुनार, रोम बहादुर बस्नेत, गोविन्द सामत, मोहन ब महतारा लगाएत रहनुभएको छ ।

पार्टी प्रवेशपछि आयोजित भेलाले राष्ट्रिय जनमोर्चाको वडा समिति पुनर्गठन गर्नुका साथै अखिल नेपाल युवक संघकोसमेत संगठन निर्माण गरेको छ ।

कार्यक्रममा हुमबहादुर महताराको अध्यक्षतामा ११ सदस्यीय राजमो वडा समिति गठन भएको हो । जसको उपाध्यक्षमा यामु खत्री र ठाकुर सिंह बस्नेत, सचिवमा रामबहादुर महतारा, सहसचिवमा बसन्त थापा, कोषाध्यक्षमा ईश्वरा बस्नेत चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा कृष्णबहादुर रोका, लोकि सुनार, यामबहादुर बस्नेत, रामबहादुर विक र पहल सामत रहनु भएको छ । त्यसैगरी सल्लाहकार समितिमा जुगलाल गिरि, जुमानसिंह महतारा, भक्तबहादुर बस्नेत, शंकर थापा, खिमबहादुर बस्नेत, इमानसिंह वि क र चन्द्रबहादुर बस्नेत रहनु भएको छ।

सोही भेलावाट अखिल नेपाल युवक संघको समेत २३ सदस्यीय वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा वसन्त थापा, उपाध्यक्षमा गोपिचन्द्र भट्टराई, सचिबमा ठाकुरसिंह थापा, सहसचिवमा टिकाराम थापा र कोषाध्यक्षमा सन्तोष महतारा रहनुभएको छ ।

सदस्यहरुमा भरत विक, हुमबहादुर विक, नारायण बस्नेत, विनोद बस्नेत, बिरु गिरि, प्रकाश बस्नेत,कमल गिरि, मोहन महतारा, थम्मन बस्नेत राममणी पोख्रेल, लक्ष्मण परियार, लक्ष्मण बस्नेत, प्रेम बस्नेत, शिद्दिमान बस्नेत, शान्त सामत, वसन्त बस्नेत,कृष्ण गिरि, विष्णु गिरि लगाएत हुनुहुन्छ ।

भेलालाई राजमोका जिल्ला सदस्य तथा झिमरुक गाउँपालिका एरिया अध्यक्ष शिद्दिमान जिसि, राजमो जिल्ला सल्लाहकार विरवहादुर जिसि, वडा न५ का अध्यक्ष टीका जिसि अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसि, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेत, वडा न ७ का उपाध्यक्ष लोकबहादुर महतारा लगाएत स्थानीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

भेलाको अध्यक्षता हुमबहादुर महतारा, सञ्चालन विष्णु बस्नेत र स्वागत रामबहादुर महताराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार