प्यूठानका चार स्थानीय तहमा अस्पताल बनाइँदै

कामना डेली, प्यूठान । प्यूठानका चार स्थानीय तहमा १५ शय्या क्षमताको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।

जिल्लाको माण्डबी गाउँपालिकाको देविस्थान, गौमुखीको पुजा, नौबहिनीको लुङ र ऐरावतीको बरौला स्वास्थ्यचौकीलाई १५ शैय्यामा स्तोरन्नती गर्न लागिएको हो। संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्यूठानका चार गाउँपालिकाका लागि एक / एक करोडका दरले ४ करोड रुपियां बजेट उपलब्ध गराईएको जनाएको छ। ती गाउँपालिकाले जग्गाको सुनिश्चिता गरि मन्त्रालयमा माग गरेका थिए। अब तत्काल अस्पताल भवन निर्माणका लागि आवश्यक तयारी गरिने स्थानीय तहले बताएका हुन् ।

नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठानेश्वर भण्डारीले गाउँपालिकामा बजेट प्राप्त भइसकेको र निर्माण प्रकिया अघि बढाईने बताउनुभयो। मन्त्रालयले कात्तिक मसान्तभित्र काम शुरु गुर्नपर्ने भनेकाले यश अबधिभित्र नै अस्पताल निर्माण गरिसकिने उहाको भनाई छ ।

यी गाउँपालिका भौगोलिक हिसाबले बिकट मानिन्छन् । गाउमै अस्पताल बनेपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि बिजुवार जान बाध्य स्थानीयवासी लाभान्वित हुनेछन्। प्यूठान जिल्ला अस्पताल समेत १५ शैय्याको छ। यस्लाई स्तोरन्नति गर्ने योजना पनि अधुरै छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार