प्रजातन्त्रको चौथो स्तम्भ जिम्मेवारीबाट विमुख छ : खनाल

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सचिव ठाकुर खनालले प्रजातन्त्रको चौथो स्तम्भको रूपमा ब्याख्या भएता पनि मिडिया आफ्नो दायित्व विमुख भएर सत्ता एवं पुंजीको पक्षपोषण गरेको अवस्थामा स्वतन्त्र पत्रकारीता चिन्ताको विषय बनेको र त्यसको जिम्मेवारी नयाँ र प्रगतिशिल वादीहरुको काँधमा आएको बताउनु भएको छ । खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समितिको आयोजनामा सम्पन्न प्रकाशन भेलालाई सम्बोधनका क्रममा सो अभिव्यक्ति दिनु भएको हो ।

“नेपालमा पत्रपत्रिकाको उच्छृङ्खल कार्यविधिमाथि नियन्त्रण गर्नका लागि प्रेस काउन्सिलको पनि स्थापना गरिएता पनि त्यसले नेपालको पत्रकारिता जगत्मा देखापर्ने पीतपत्रकारितामाथि नियन्त्रण गर्न सकेको देखिन्न, यो गम्भीर दुःख र चिन्ताको कुरा हो ।” खनालले भन्नु भयो– “प्रेसको स्वतन्त्रताको अर्थ झुटा र कपोलकल्पित समाचार प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नको लागि छुट हुनुपर्दछ भन्ने होइन ।”

“आज कुनै पनि मिडिया स्वतन्त्र छैन, कसैले सरकारको यदाकदा आलोचना गरेता पनि बहुसंख्यक शोषित पीडित तथा परिवर्तनको पक्षमा नभएर यथास्थितिको सेवा गरेको छ ।” सचिव खनालले भन्नु भयो– “यो अवस्थामा हाम्रो पत्रीकाले शोषित पीडितको तथा परिवर्तनको लागि मिशन पत्रीकाको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ ।”

खनालले नेपाली समाचार साप्ताहिक आम शोषित पीडितको पत्रीका भएको हुँदा विक्री वितरणदेखि प्रकाशित हुने लेख रचना आदिमा सहयोग गर्न समेत आव्हान गर्नु भएको थियो ।

नगर अध्यक्ष मोहन बिकको अध्यक्षता र भिम बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न सो भेलामा केन्द्रीय सचिव ठाकुर खनालको प्रमुख आतिथ्य, प्रवासी नेपाली संघ, भारतका केन्द्रीय सल्लाहकार राम प्रसाद भट्टराई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष लालचन्द पंथ, क्षेत्रीय सचिव शालिकराम आचार्य र महिला विभागकि हस्तो देवीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

ज्ञात–अज्ञात सहिदप्रति एक मिनेटको मौन श्रद्धाञ्जली पछि नगर समितिका चोप बहादुर पाण्डेले स्वागत गर्नु भएको थियो ।

भेलामा लालचन्द पंथ, राम प्रसाद भट्टराई, शालिकराम आचार्य, हस्तोदेवी, नगर समितिका मणीराम अधिकारी, नेपाली समाचारका ग्राहक धन बहादुर, बिमला जिसी, रेम बहादुर नेपाली, जमान सिंह, बिबि कोपिला र ठाकुर खनालले सम्बोधन गर्नु भएको थियो ।

प्रवासी नेपाली संघको राम प्रसाद भट्टराईले प्रकाशन सबैको साझा हुन्छ विचार भिन्न हुन सक्छन् तर प्रकासन पढ् जरुरी हुन्छ । म नेपाली समाचार विगतमा विश्व नेपालीको निरन्तर ग्राहक रहेको र पत्रीकाले सामाजिक राजनैतिक विषयमा ज्ञान् आर्जन गर्न मद्दत गरेकोले पत्रीकाको ग्राहक बन्नु पर्ने र सामुहिक अध्यनलाई पनि बढावा दिनु पर्ने सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार