प्रतिगमनविरुद्ध बुटवलमा राजमाेकाे माेटरसाइकल र्‍याली

64 जनाले पढ्नु भयो ।

बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देहीले ‘संगठन र संघर्ष’को कार्यक्रम अन्तरगत आज मोटरसाईकल र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ।

बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध सभालाई राजमो नेता बासुदेव पोख्रेल,राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियो ।

जिल्ला सचिव टान बहादुर केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य,राजमो केन्द्रीय सदस्य ईन्दीरा ज्ञावली, अखिल नेपाल महिला संघकी महासचिव शकुन्तला राना, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूक बहादुर पराजुली,बुद्धिजीवी संघका केन्द्रीय सदस्य हिरालाल धामी र अखिल(छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिह लगायत नेता,कार्यकर्ता र समर्थकहरूको व्यापक उपस्थिति रहेको थियोे । विरोध र्‍याली बुटवलबाट भैरहवा हुदै बुद्दचोकमा पुगेर सभामा परिणत भएको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *