प्रतिगमनविरुद्ध विद्यार्थीहरुको देशैभर प्रदर्शन, ठाउँ ठाउँमा झडप

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत सरकारको काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गरेका छन् ।

अखिल (छैटौं), नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् ।

यसै क्रममा विद्यार्थीहरुले काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने विद्यार्थीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

त्यस्तै विद्यार्थी संगठनहरुले नयाँ बानेश्वर, प्रदर्शनी मार्गलगायतका स्थानमा पनि प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न भागमा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् ।

त्यसक्रममा केही स्थानमा प्रहरी र आन्दोनकारीबीच झडप भएको समाचारहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार