प्रदेशी नेपालीहरुको वास्तविक अभिभावक

  • खिमराज चालिसे

विज्ञान तथा प्रविधीले सम्पन्न मानिने आधुनिक दुनियामा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोविड–१९) को कारण विभिन्न देशहरूका विभिन्न गाउँ तथा शहरहरुमा लकडाउन र कर्फ्यु चलिरहेको छ । यसरी कोरोना अदृष्य महामारीको चपेटामा विश्वका उत्कृष्ट मेडिकल प्राविधीले सम्पन्न देशहरुदेखि आर्थिक महाशक्तिसम्म आहाल कहाल भइरहेको वर्तमान अवस्थामा संसार भरका मानव जातिमा अति भयत्रासको वातावरण वनिरहेको छ ।

अहिलेसम्म लाखौंलाख मानिस संक्रमण भइसकेका छन्, दैनिक हजारौंले मृत्युवरण गरिरहेका छन् । मजदुर वर्ग, भोकप्यासले त्राहि-त्राहि भइरहेको वर्तमान परिस्थितिमा विश्व स्वास्थ्य संगठनले अझै ठुलो क्षतीको आंकलन गर्दै संसार भरका शासकहरुलाई आवश्यक गाइड लाइन जारी गरिरहेको छ । संधै आर्थिक तथा आणविक शक्तीको घमण्डमा चुर राष्ट्रहरुलाई पनि आफनो शक्ती र सम्पन्नताको रक्षा मुख्य चुनौती बनिरहेको छ । तर विश्व समुदायलाई अहिले आप्mनै जीवन रक्षा नै प्रमुख देखिएको छ ।

उपरोक्त प्रकारको अत्यान्तै भयाभह र डरलाग्दो परिस्थितिमा पनि मार्क्सवादी, लेनिनवादी सौद्धान्तिक खुराकले परिपक्व नेता कार्यकर्ताहरु कतै विचलीत नभई मानवीय कर्तव्य निभाउन गम्भीरतापूर्वक लागिरहेका छन् । मृत्युसँग सावधानी पूर्वक पैठेजोरी खेल्न महारत प्राप्त मार्क्सवाद, लेनिनवाद तथा माओ विचारधाराको सैद्धान्तिक खुराकको रक्षा कवजले लैस हजारौं नेता, कार्यकर्ताहरु कोरोनाको अदृष्य महामारीका विरुद्ध शोसल डिस्टेङसिङ्ग, सरसफाई तथा महत्वपूर्ण सावधानीले मात्र यो भाइरस संक्रमण रोक्न सकिने कुरामा सजक तथा सतर्क पार्न अहम जिम्मेदारी निभाउँदै छन् ।

मानव समाजमा धार्मिक, राजनैतिक, सामाजिक, आर्थिक, लैंगिक तथा जातिय विभेदको विरुद्ध कडा प्रहार गर्दै सामाजिक संरचना विरुद्ध लडन प्रेरित गर्ने मार्क्सवादीहरु समेत महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लड़ाइमा सबै वर्गदुश्मन र प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तीहरुसँग समेत कार्यगत एकता गर्दै समुचित मानव जातिको रक्षाको निमित्त आफ्नो शक्ती र सामथ्र्यको प्रयोग गरिरहेका छन् ।

यस्तो असहज परिस्थितिमा हामी भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले समाजका कार्यकर्ताहरु समेत आम जनसाधारणलाई धैर्यपूर्वक लकडाउन एवं कर्फ्युको पालना गर्दै विपन्न तथा असहायहरुलाई सहयोग गर्न अनुरोध गर्दै कैयन गाइड लाइन दिएर आफ्नो अभिभावकिय जिम्मेदारी निर्वाह गर्दै आइरहेको छ भने मूल प्रवाहका कार्यकर्ता तथा सदस्यहरुले पनि संस्थाको नीति नियम र सैद्धांतिक ज्ञानलाई व्यावहारिक रूप दिंदै कैयन असाह्य र गरिब तथा विपन्न परिवारहरुलाई प्रशाशनिक, संस्थागत तथा व्यक्तिगत रुपमा समेत खुला ह्रदयले सहयोगको लागि अगाडि आउनुभएको छ ।

विषम परिस्थितिको वर्तमान समयमा मूल प्रवाहका कार्यकर्ताहरुको यसप्रकारको कार्यहरु तथा मजदुर वर्गहरु विचमा गरिएका उद्धार र उदाहरणीय सहयोगका प्रसस्त प्रयासहरुले मजदुर वर्गमा अति आत्मियता, सहयोग समर्थन र घनिष्ठताको पाठ एउटा मार्क्सवादी, लेनिनवादी सैद्धान्तिक शिक्षा प्राप्त संगठनका कार्यकर्ताहरुमा अत्यान्तै दह्रो रुपमा रहने कुरालाई पष्टाउँछ । त्यती मात्र होइन त्यसप्रकारको सच्चा मार्क्सवादीहरु सधै जन्म र मृत्युलाई प्राकृतिक नियमको रुपमा ग्रहण गर्दछन् र निडर निर्भीक भएर सबैप्रकारका परिस्थितिसँग संघर्ष गर्न सिपालु हुन्छन भन्ने पनि स्पष्ट पार्दछ । मेक्सीङ गोर्कीले भनेका छन् “मान्छे त उ हुन्छ जस्ले मृत्यु माथी पनि विजयको झण्डा फहराउने हिम्मत गर्दछ ।”

उपरोक्त कथनले हामीसवैलाइ समाजमा हुने सवैप्रकारका उथल–पुथल तथा विषम परिस्थितिमा पनि अत्यन्तै सजक सतर्कता अपनाउँदै धैर्यतापूर्वक तर दृढताका साथ परिस्थिति विरुद्ध संघर्ष गर्दै सामाजिक, राजनैतिक तथा मानविय कर्तव्य निभाउन प्रेरणा दिइरहन्छ । निश्चित रूपमा हामी मेहनत मजदूरी गरेर सामाजिक जीवनलाई पनि साथसाथै बढाउने मूल प्रवाहका कार्यकर्ताहरुलाई प्रवासी नेपाली मजदुर तथा मेहनतकशहरुलाई यस समय राहात सामाग्री संकलन गरि राहत दिएर उनीहरुको जीवन रक्षा गर्न त्यती सजिलो छैन तर सामाजिक जीवनशैलीमा हुर्केका हाम्रो सम्पुर्ण कार्यकर्ताहरुमा सामाजिक, राजनैतिक तथा मानवीय कर्तव्यको भावना यसरी कुटकुटीयर भरिएको छ, की सबैको चुल्लो जलाउन र मजदुरको जीवन रक्षा गर्न आफनो सम्पुर्ण सामथ्र्य प्रयोग गर्नु नै सबैभन्दा ठुलो मानव धर्म सम्झन्छन् ।

यसैले त यसप्रकारका सामाजिक शिक्षाले लैस पार्ने भारतस्थित नेपालीहरुको विश्वविद्यालय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुःख कष्ट पाएका हजारौं पिडीत प्रदेशी नेपालीहरुको वास्तविक अभिभावक तथा संरक्षकको महत्वपूर्ण भूमिका निभाएको छ भन्न अतिश्योक्ती हुदैन । हुन त लकडाउन तथा कर्फ्युको कारण एंव आफै पनि मजदुर कार्यकर्ता भएकाले चाहेजती र सोंचेजति अझै कैयन जनसाधारणलाई सहयोग र राहातको व्यवस्था गर्न नसके पनि मूल प्रवाहका कार्यकर्ताहरुले आफनो जिम्मेवारी हरेक परिस्थितिमा पुरागर्ने जमर्को गर्दै आउनु सामाजिक तथा मानविय भावनाको उच्च परिचय नै हो । यसप्रकारको प्रयास र न्यायसंगत कामहरु हामीले समय मै चिन्ने र एकतावद्ध हुनसकेमा मानव समाजमा भविष्यमा आउनसक्ने सबैप्रकारका प्रकोप तथा संकटहरु विरुद्ध कडाप्रहार गर्दै विषमता विरुद्ध सजिलै जित्न सक्नेछौं ।

आउनुहोस एकताका मजवुत हातहरु एक आपसमा अघि वढाउँदै विषम र असहज परिस्थितीलाई सहज र अनुकुल बनाउँन मूल प्रवाहको झण्डामुनी अझै शसक्त र दृढ़तापूर्वक गोलबन्द हुँदै समाज निर्माण, संरक्षण र रुपान्तरणका विभिन्न चरणहरु पार गर्ने अठोटका साथ पुन गम्भीरता पुवर्क लागौं, धैर्यता, गम्भीरता, सजकता तथा सतर्कतापूर्ण व्यवहारको हतियारले भाइरस विरुद्धको लड़ाइलाई जित्ने अठोट गरौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार