प्रदेशी बाबालाई छोराको पत्र

आदरणीय बाबा दण्डबध ढोग छ । म लगायत स–परिवार यहाँ सञ्चै आरामै छौं आशा छ कि उता हजुर पनि सञ्चै हुनुहुन्छ होला ।

बाबा खासै लेख्नु पर्ने त केही थिएन । दिन प्रतिदिन सामाजिक सञ्जालमा कुरा त हुन्छ तर पनि हजुरको लागि दुई शब्द कोर्न मन लाग्यो । यो विश्व कपमा रोग नियन्त्रण हुन सकेको छैन मनमा डर त्रास उत्पन्न हुदै गएको छ । किनकि हजुर त्यो बिरानो ठाउँमा कामको सिलसिलामा हाम्रो लागि कति कठिनाइसँग दिन बिउतानु भएको होला । बाबा आफ्नो शरीरलाई मध्यनजर राख्दै डियुटीमा जानु होला मास्क, सेनिटाइजरको प्रयोग गर्नु होला बाबा । यो रोगसँग लड्ने क्षमता जुटाउनु होला । जुन सुकै दुःख आए पनि हासिहासि त्यसको सामना गरे जस्तै आज यो रोगलाई पनि परास्त गर्ने छौं बाबा ।

यहाँ घरको चिन्ता नलिनु होला जसरी त्यसरी घर चलेको छ र केही आइपरे पनि म छु मकै छरेर सकियो बाबा । हजुरले मलाई जन्म दिएर हजुरको साहरा होला भने ठुलो आसा थियो तर यस्तो अवस्थामा म हजुरको साथमा छैन । हजुरलाई पनि परिवारसँग बस्न मन लाग्छ होला तर घरमा स–साना कुरादेखि लिएर हरेक कुराको लागि आर्थिकको कमि छ ।

यहाँ गाउँ घरमा एक पैसाको उपाय छैन, साहुको रिऋले सताउँछ । घरमा खानको लागि अन्न बाली नहुँदा हजुरलाई जति पिडा कसैलाई हुँदैन । बाबा हरेकदिन हजुरको बोलि सुन मन लाग्छ तर त्यो मुहारको पछाडिको पिडा म स्पष्ट रुपले बुझ्छु हजुरले भनु हुदैन तर मलाई थाहा छ बाबा हजुरलाई कति दुःख र हाम्रो जिम्मेवारीले ग्रस्त गराएको छ । सानो हुँदा शिक्षा अनि उज्जवल भविष्यको बनाउन प्रदेशमा आफ्नो जीवन बिताउनु भयो अहिले हात पाखुरा चल्दासम्म जति हुन्छ केही गर्छु भनि बस्नु भयो ।

हजुरको बराबरको हुदा पनि केही गर्न सकेको छैन हजुरको लागि बाबा । तर आउने दिनमा हजुरलाई सधैं गर्व महसुस गराउने छु । मेरो कारण हजुरको शिर कसैको सामु कहिले झुक्न दिनेछैन । आजको कलम यहि बन्द गर्छु अर्को पत्रमा भेट हौला ।

हजुरको छोरा विशाल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार