प्रबासीले बाचा कसम खाएऔं बरिलै

विष्णु शर्मा, पाण्डेचरी

असारे मेलोसरी मुल प्रबाहको चहल पहल ,
भारतका गल्ली बस्ती हेरौ बरिलै।
संगठित हुनुहुन्न भन्ने तर्क गर्नेले,
अब आफ्नो मानसिकता फेरौ बरिलै।।

कहि गठन पुनर्गठन कतै सभा सम्मेलन,
प्रबासभरि हर्ष उल्लास छायो बरिलै।
राता राता ब्यानर सहित झण्डाहरु फहराउदै,
शोषित पिडित एक हुदै आयो बरिलै।।

जनताको आवाजले आकाश धर्ती कुन्जाउदै,
प्रगतिको उभार आयो बरिलै।
संघियता चाहिदैन देश टुक्र्याउन पाइदैन,
भन्दै चर्का चर्का नारा लायो बरिलै।।

प्रबासबाटै मताधिकार हुनुपर्छ भनेर
सरकार सामु एजेन्डा राख्यो बरिलै।
सरकारलेनी बारम्बार आशाहरु देखाइ,
कार्यन्वयनमा सधै भरी ढाट्यो बरिलै।।

साम्राज्यवादको बिषालु कोसेली,
एम सी सी को बिरुद्दमा बोल्यो बरिलै।
जनतालाई बुझाउन अभिभावकहरुले,
छदमभेषिको पोलहरु खोल्यो बरिलै।।

अराजकले केही समय लाटा सिधा जनलाइ,
नभएका उल्का लगाइ ठग्यो बरिलै।
के रोकिन्थ्यो मुलको पानी कच्चा बाध बाधेर,
बाधै भत्काइ सललल बग्यो बरिलै।।

फुटपरस्त तत्वहरुका भ्रमहरु चिरदै,
प्रबासीले एकताको गीत गायो बरिलै।
कच्चा पिल्लर भत्काउने पक्का पिल्लर बनाउने,
जनजनले बाचा कसम खायो बरिलै।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार