‘प्रमलाई धन्यवाद’

  •   
  •  
  •  
  •  
  •  
  •  

818 जनाले पढ्नु भयो ।

काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेको छ । प्रम ओलीले उपेन्द्र यादवको संविधान संशोधन गर्ने प्रस्ताव अस्वीकार गरेकोमा धन्यवाद व्यक्त गरिएको हो ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६ पुस ८ गते जारी प्रेस वक्तव्यमा धन्यवाद दिइएको हो । वक्तव्यमा अगाडि भनिएको छ– “संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ ।

अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजिनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामीले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दवावलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *