प्रम ओलीले गणतन्त्र, धर्मनिरपेक्षता, संसद सिध्याउने र देशलाई सिक्किमीकरण गर्ने प्रयास गरे– अध्यक्ष केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

1602 जनाले पढ्नु भयो ।

खिमराज चालिसे 

नयाँ दिल्ली, २० जुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री ओलीले गणतन्त्र, धर्मनिरपेक्षता, संसद सिध्याउने र सिक्किमीकरण गर्ने प्रयास गरेको बताउनु भएको छ । जनप्रिय नेता चित्र बहादुर केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न जनजाति, समता र साँस्कृतिक विभागको संयुक्त आनलाइन प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै बताउनु भएको हो ।

नेता केसीले सम्बोधनमा संसदीय व्यवस्था माथी कालो बादल मडारिरहेको, राष्ट्रियता खतरामा रहेको र संघीयता र नागरिकता ऐनले झन ठुलो खतरा निम्ताइ रहेको बताउनु भयो ।

कार्यक्रममा जातिय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विश्वकर्माले अन्तत दलित समस्याको संघर्ष र बिरोधलाई वर्गिय संघर्षसँग जोडनुपर्ने धारणा राख्नुभएको थियो ।

अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाले जातिय हकहितको संरक्षण वर्तमान राज्यव्यवस्थाबाट हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले वर्गसंघर्ष र साँस्कृतिक आन्दोलन बारे अति शुष्म तरिकाले प्रशिक्षण दिनुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, नेपाली समाचारका सहसम्पादक धनबीर पुनको पनि आथितित्थ्यता रहेको सो कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर कार्यक्रममा उत्साहजनक सहभागितामा रहेको थियो ।

कार्यक्रम खिम बहादुर विकको सञ्चालनमा तथा कुल बहादुर बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो । मोहराज चालिसेले कार्यक्रममा उपस्थिति सबैलाइ स्वागत भाषणद्धारा स्वागत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *