प्रवक्ता पुरीको प्रश्नः एमसीसी के हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्रा रामप्रकाश पुरीले एमसीसीलाई इन्डोप्यासिफक रणनीतिको अंग होइन भन्नेलाई अमेरिकी राष्ट्रपति र भारतीय समकक्षीको संयुक्त वक्तव्य हेर्न चुनौती दिनुभएको छ ।

बिहीबार एमसीसी विरुद्व दश दलीय मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रवक्ता पुरीले अमेरीकाले एशिया क्षेत्रमा आफ्नो प्रभावलाई बढाउन इण्डो प्यासिफिक रणनीतिलाई कार्वान्यनमा जोड दिएको बताउनुभयो । त्यसको स्पष्ट संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको क्रममा व्यक्त विचारले त्यो कुरालाई थप खुलस्त पारेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा भारतको भ्रमणमा आएका अमेरिकी राष्ट्रपति ट्रम्प र उनका भारतीय समकक्षीले जारी गरेको संयुक्त प्रेश विज्ञप्तिबाट पनि प्रष्ट हुन्छ । त्यसैले एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिको अंग हैन भनेर सरकारले भ्रम दिने प्रत्यन नगरे पनि हुन्छ ।’ प्रवक्ता पुरीले त्यसकारण एमसीसीलाई खरेज गर्ने पर्ने कुरामा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा (माले) का स्थायिकमिटि सदस्य कृष्ण राना, सीमा बचाऔं अभियानका संयोजक भैरव रिसाल, एमसीसी सम्झौता खारेजी अभियानका संयोजक नारायण शर्मा, कर्णाली बचाऔं अभियानका अध्यक्ष भरत शाही, प्रगतिशील लेखक संघका उपमहासचिव आरसी न्योपाने, सर्वहारा पार्टीका अध्यक्ष भावना विद्रोही, जागरण समितिका रविन्द्र अधिकारी, वामपन्थी नेता घनश्याम शर्मा पौडेलले सम्वोधन गर्नुभएको थियो ।

उहाँहरुले यही फागुन २२ गते हुन गैरहेको दश दलद्वारा आयोजति दबावमुलक कार्यक्रमलाई सहकार्यका रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार