प्रवासी नेपालीहरुले अभिभावक पाएनन्

  •   
  •  
  •  
  •  
  •  
  •  

484 जनाले पढ्नु भयो ।

देवनारायण पोखरेल, बहराइन

भारतका विभिन्न प्रदेशहरुबाट आफ्नो घर हिंडेका श्रमजीवी नेपालीहरु आज आफ्नै नाकामा अलपत्र परिरहेका छन् । एयरपोर्ट ठप्प छ यस्तो वेला पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, चीनजस्ता देशले आफ्ना नागरिकलाई विभिन्न ठाउँबाट उद्धार गरेर बडो चिन्तित हुँदै जिम्मेवारीपूर्ण अभिभावकको भूमिका निर्बाहा गरिरहेको छ तर, नेपालले सीमामा चिच्याउँदै पुगेका नेपालीलाई ढोकासम्म खोल्न दिएको छैन । उल्टै पुलमा ताल्चा लगाउने, लखेट्ने, उतै फर्काउने नीति अख्तियार गरिरहेको छ ।

यतिवेला भारतको दार्जुलामा रोकिएका झण्डै एक हजार नेपालीलाई टेन्टमा राखिएको छ । सुनौलीमा अलपत्र परेका दुई सय ९० जनालाई नौवतुना पुर्याइएको छ । तीन दिनदेखि अलपत्र अवस्थामा परेका झण्डै साढे चार सय जना नेपाली नागरिकहरु मंगलबार रुँदै भारत फर्किन विवश भएका छन् ।

कति दुःख लाग्दो कुरा दशगजामा भक्कानिएर आँशु बगाएका नेपालीहरुले पहिलो पटक आफूलाई नेपाली भन्न पनि अहिले हिनता बोध गरिरहेका छन् । यदि हाम्रो देशको सरकार संवेदनशील हुँदो हो त यस्तो संबेदनशिल घडीमा बैकल्पिक निकाशद्वारा उद्धार गर्ने थियो, त्यस्तो कतै देखिएन । निश्चय नै भारतका विभिन्न स्थानबाट घर फर्किएका वा फर्किन चाहने नेपालीबाट बढी जोखिममा छन् ।

भारतभरि सल्किएको कोभिड–१९ को डढेलोले यता पनि त्यसको असर फैलिन्छ कि भन्ने चिन्ता हुनु जायज हो तर, यता फर्किनेलाई क्वारेन्टाइनमा राख्ने, उनीहरुको रेखदेख गर्ने र निको भएपछि घर फर्काउने सीमावर्ती जिल्लाका स्कुल, कलेजलाई क्वारेन्टाइनमा राख्ने, खाने, बस्ने प्रबन्ध मिलाउने जिम्मा लिन किन सरकार गम्भीर देखिएन ?

आफ्ना नागरिकहरुको जिउधनको सुरक्षाका लागि सरकार जिम्मेवारबोध हुनु पर्ने उल्टै पन्छिनु कति गैरजिम्मेवारीपन हो ? सजिलै बुझ्न सकिन्छ स्वदेशमा राज्यले रोजगारीको अवसर सृजना गर्न नसकेर, खेतबारीको उत्पादनले परिवार धान्न मुस्किल परेर, भारत बाहेक अन्य मुलुकमा रोजगारमा जान नसकेर वा सरकारले वैदेशिक रोजगारीको अवसर केही सीमित मेनपावर कम्पनीहरूलाई दिएकाले भारतमा जीविका पार्जनको लागि जोहो गर्ने यस्तो जनसंख्याको ठूलो हिस्सा ‘आज होटेल रेस्टुरेन्ट वर्कर’ अर्थात् मौसमी कामगारका रूपमा काम गर्दछन् ।

अधिकाश नेपालीहरुको पिडाको बर्णन गरि साध्य छैन । साथै खेतबारीमा कामको बोझ कम भएको बेला दुई पैसा कमाउन भारत हानिने जनसंख्यामा सुदूर पश्चिम, कर्णाली कै बाहुल्य रहे पनि नेपाल भरिका भूमिहीन र सीमान्तीकृत किसानहरू तथा आर्थिक संकट झेलिरहेका सबैजसो जनताको आश्रय थलो भारत रहँदै आएको पुष्टि हुन्छ । नेपाली राज्यले नागरिकता बाहेक बिरलै अरू कुनै राहत दिन सकेको छैन । यस्तो जनसंख्याभन्दा बढ्ता अरू कुनै समुदाय नेपाली राज्य संरचना भित्र उपेक्षित छैन । आफ्नो जीविकाका निम्ति प्रवास पसे पनि नेपाल र नेपालीको माया स्वदेशमा बस्ने र सत्ताको नजिक रहने नेपालीभन्दा यिनै उपेक्षित प्रवासी नेपालीहरुको गहिरो माया सद्भाव राष्ट्रप्रति भेटिन्छ ।

तर, विडम्बना, यिनीहरू सत्ताका खेलाडीहरूका निम्ति केवल एक भोट भन्दा बढ्ता केही पुष्टि भएका उदाहरण भेटिन गाह्रो छ । काठमाडौं र केही मुख्य शहरहरूलाई मात्रै नेपाल ठान्ने सत्ताका निम्ति हदै सम्मको राजनैतिक दरिद्रता देखाउनेहरुका लागि सत्ता नै सर्बपरी रह्यो नेपाली सत्ताको लोकतान्त्रिक करणको हरेक आन्दोलनका नेताहरूलाई आज यही जनसंख्याले आश्रय दियो परिणाम आज उनीहरुनै नेपाली भन्दा सिर झुकाउन बिबश छन सरकार समस्याको निकास भन्दा बाटो छेक्ने तिर लागी रहने हो भने भारतमा काम गर्ने नेपाली मजदुरहरुको अवस्था अझै जटिल र कठिन हुने देखिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *