प्रवासी संघ परित्याग गरी मूल प्रवाहमा प्रवेश

  •   
  •  
  •  
  •  
  •  
  •  

1539 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

रोपड । प्रवासी सङ्घ रोपडका दुई जना सक्रिय कार्यकर्ताहरू मूल प्रवाहमा प्रवेश गरेका छन् । मूल प्रवाहको गौरवमय सङ्गठनमा काम गर्ने इच्छासहित सदस्यता पाऊँ भनी निवेदन दिएपछि उनीहरूलाई एकता समाजमा प्रवेश गराइएको हो ।

निवेदनमा भनिभएको छ– “हामी कृष्ण केसी र लक्ष्मी केसी विगत कैयन् वर्षदेखि प्रवासी सङ्घ भारतमा आबद्ध भई सक्रियतापूर्वक काम गर्दै आइरहेका थियौँ । हामीहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीतिसिद्धान्त तथा विधान, घोषणापत्रप्रति विश्वास लाग्यो । तपाईहरूजस्तो निष्ठावान, सहयोगी र सक्रिय कार्यकर्तासित गर्ने चाहना भएको हुँदा हामी दुबै जनालाई मूल प्रवाहको सदस्यता दिनुहुन विनम्र अनुरोध गर्दछौँ ।”

उपर्युक्त निवेदन प्राप्त भएपछि मूल प्रवाहको क्षेत्रीय सदस्य छविलाल सापकोटा, नगर अध्यक्ष दयाराम लामिछाने, नगर सदस्य शोभाराम सापकोटा, जनजाति विभागका बिलबहादुर गुरुङ, महिला नगर अध्यक्ष लक्ष्मी गुरुङ, क्षेत्रीय सदस्य खगी थापा र नगर सदस्य मेनुका सापकोटालगायत कार्यकर्ताको सहभागितामा सम्पन्न भेलामा उहाँहरू दुबै जनालाई मूल प्रवाहको सदस्यता दिइएको छ ।

नवप्रवेशी कृष्ण केसी र लक्ष्मी केसी नेपालमा रुपन्देही जिल्लाको मुर्गिया निवासी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *