प्रहरी दिवसकै दिन खुल्यो पाँच हजार बढी प्रहरीका लागि भर्ना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ । प्रहरी दिवसकै दिन शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन माग गरेको हो ।

खुलातर्फ २८ सय १७ जना अशक्त/अमर प्रहरी परिवारका तर्फबाट १०५, समावेशीतर्फ महिला ४६१, आदीवासी जनजातीतर्फ ७३७, मधेशी ६४६, दलित ३४५ र पिछडिएको क्षेत्रबाट ११६ जना भर्ना हुनेछन् । आवेदन दर्ता कात्तिक १६ गतेदेखि २३ गतेसम्म दिन सकिने महाशाखाले जनाएको छ ।

कार्यालयले दरखास्त भर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भइ २३ वर्ष ननाघेका तथा बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीका हकमा २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

शुक्रबार ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई सम्मान गरिएको छ ।

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/10/Police-Notice.pdf” title=”Police Notice”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार