फरीदावादमा टोल भेला सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिद्वारा सञ्चालित हेवलहेम्ला एरिया समिति अन्तर्गत पावर हाउसस्थित श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको छ । नगर कोषाध्यक्ष मानसिंह विष्ट, एरिया सचिव थम्मन थापा र सदस्य केवल बहादुर बुढाको पहल तथा उपस्थितिमा सम्पन्न भेलाले गोविन्दको अध्यक्षतामा पावर हाउस टोल समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– प्रेम बहादुर, सचिव– हिरा सिंह, कोषाध्यक्ष– गोमा, सदस्यहरुमाः केवल बुढाथोकी, प्रेम बोहरा, प्रेम बोहरा, भूमिसरा र सृजना रहेका छन् ।

त्यसैगरि सोही एरिया समिति अन्तर्गत नगर अध्यक्ष बाबुराम विष्ट र नगर सचिव धरम खनालको विशेष उपस्थिति तथा नगर सदस्य माधव शर्माको पहलकदमीमा सन्तोष नगरमा टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– गिता शर्मा, उपाध्यक्ष– रुद्र थापा, सचिव– माधव शर्मा, कोषाध्यक्ष– उषा थापा, सदस्यमाः भरतबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार