फरीदावादमा विद्यार्थीहरुको नगर समिति गठन

23571 जनाले पढ्नु भयो ।

अजय रेश्मी

फरीदावाद, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघले फरीदाबादमा नगर भेला सम्पन्न पारेको छ ।

अजय रेश्मीको अध्यक्षता र कमल कु“वरको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई सिमा गिरीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिबाट सुर्य बहादुर क्षेत्री, क्षेत्रीय समितिबाट धरम खनाल, नगर समितिबाट बाबुराम बिष्ट र रमेश चन्द्र क्षेत्री, महिला विभागबाट मिश्री खङकाले आतित्थ्यता एवं भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले ७ पूर्ण, २ वैकल्पिक र ४ सलाहकार गरि १३ सदस्यीय नगर समिति गठन गरिएको छ । जसमा अध्यक्ष– अजय रेशमी, उपाध्यक्ष– प्रतिभा भुसाल, सचिव– कमल कु“वर, उपासचिव– विपना बिस्ट, कोषाध्यक्ष– सरिता बिसी सदस्यहरुमा : कमला थापा, कविता थापा, वैकल्पिक सदस्यमाः सिमा गिरी र ऋशी राना रहेका छन् ।

भेलाले सागर खङका, रेखा बिस्ट, सिर्जना खनाल र केशव थापालाई सल्लाहकार चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *