फरीदावादमा MCC विरुद्ध सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

157 जनाले पढ्नु भयो ।

अजय रेश्मी

फरीदाबाद, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा भर्चुअल रुपमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य सदस्य सुर्य बहादुर क्षेत्री प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थी संघबाट अजय रेशमी, मूल प्रवाह क्षेत्रीय समितिबाट धरम खानाल, नगर समितिबाट रमेश चन्द्र, विष्णु बिसी, मान सिंह बिस्ट, महिला समितिबाट सकुन्तला थापा लगायतले मन्तव्यम दिनुभएको थियो । सभामा वक्ताहरुले एमसिसी खारेजको लागि राष्ट्रिय जनमोर्चाले आयोजना गरेको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

कार्यक्रम बाबुराम बिष्टको अध्यक्षतामा तथा विष्णु बिसिको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत चन्द्रबहादुर अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *