फिलिपिन्सका पूर्व राष्ट्रपति अक्विनोको निधन

  •   
  •  
  •  
  •  
  •  
  •  

115 जनाले पढ्नु भयो ।

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्विनोको ६१ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ ।

लामो समयदेखि सख्त बिरामी पर्नुभएका अक्विनो २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बन्नुभएको थियो ।

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्विनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्विनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो ।

फिलिपिन्सका अर्थशास्त्रीसमेत रहनु भएका अक्विनोले १९९८ मा राजनीतिमा आउनुअघि चिनीको व्यापार गर्नुहुन्थ्यो । २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उहाँ तीन पटक प्रतिनिधि सभाको सदस्य चुनिनुभएको थियो ।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “नोयनोय” अक्विनो र पूर्व राष्ट्रपति कोराजोन अक्विनोका एक मात्र छोरा हुनुहुन्थ्यो ।

फिलिपिन्सका पूर्व शासक फर्डिनान्ड मार्कोसको शासनप्रति विमति राख्नुहुने उहाँका बुबाको संयुक्त राज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कने क्रममा १९८३ मा हत्या गरिएको थियो । (रासस–एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *