फुटपरस्त तत्वहरुलाई पञ्छाउँदै सङ्गठन निर्माण भैरहेको छ

  •   
  •  
  •  
  •  
  •  
  •  

409 जनाले पढ्नु भयो ।

रबि पौडेल, पाण्डेचरी ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत बासी नेपालीहरुको अभिभावकिय सङ्गठन हो । भारतमा कस्टकर जीवन बिताई आफ्नो जिविको पार्जनको लागि बाध्य लाखौं नेपालीहरुलाई यो सङगठनले सङगठित गर्ने काम गर्दै आईरहेको छ । भारतका विभिन्न शहरमा छरिएर रहेका नेपालीहरुलाई गोलबन्द गर्दै आफ्नो हक, अधिकार लागि लड्न सिकाउने सङगठन हो । त्यतिमात्र होइन नेपालको बामपंथी आन्दोलनमा ठुलो भुमिका निर्वाह गर्ने शक्ति पनि हो । सङ्गठनले धेरै अप्ठ्याराहरु पार गरिसकेको छ । नेपालीहरु माथि हुने अन्याय, अत्याचार, शोषण र दमनको बिरुद्धमा निकै ठुलो लडाइँ लड्दै आईरहेको छ । स्थानीय पोलिस प्रशासनदेखि गुण्डा र असामाजिक तत्वहरुबाट नेपालीहरु सिकार हुँदै आएको सन्दर्भमा यो सङ्गठनले न्याय र हक दिलाउँदै आएको छ ।

यो सङ्गठन भित्र आईपर्ने सबै आरोह अबरोह र कठिनाईहरुको दृढतापुर्वक सामना गर्दै आएको इतिहास छ । समय समयमा देखिने अनुशासन बिहिनता र फुटपरस्त गतिविधिहरुको यो सङ्गठन र नेतृत्वले दृढतापुर्वक सामना गर्दै आईरहेको छ र अहिले पनि त्यो स्थिति छ । यसको सजिलैसँग सामना गर्ने छ । लाखौं श्रमजीवीहरुको रगत र पसिना माथि कसैले धावा बोल्छ भने त्यसको बिरोध मूल प्रवाहको झण्डा बोकेर सामना गर्ने रहेक कार्यकर्ताले गर्नैपर्छ । झुट, बेइमानी, अनुशासन बिहिनता र फुटपरस्त कुनै कार्यकर्तालाई मनपर्ने बिषय पनि होईन । नेतृत्वलाई गालि गर्ने, सिद्धान्तसँग बहसमा भाग्ने, कसैले अनुशासन बिहिनता देखाउछ र त्यसलाई सङ्गठनले कार्यबाहि गर्छ भने उसैको पिछलग्नु बनेर साथ दिने । नेतृत्वसँग बहस र छलफलमा डराउने, राजिनामा दिने, बाहिर आउने र पार्टी बिरोधी, नेतृत्व बिरोधि गतिविधि गर्ने यो यस्तो प्रवृत्तिको बिरोध हुनुपर्छ । नेतृत्वमा बर्षाैसम्म बस्ने छलफलमा नीति र सिद्धान्तमा हार्ने अनि बाहिर निस्केर अराजक गतिविधि गर्ने, अलग समिति बनाउने । अझ बैधानिकताको कुरा उठाउने ? यसखाले गतिविधि जनता र कार्यकर्ताको लागि सहि हुन सक्दैनन् । बहसमा भाग्नु कायरता हो । बहुमतको निर्णय नमान्नु अनुशासन बिहिनता हो । यदि विधि र बिधान बनाईन्छ भने त्यसभित्र रहेर फरक बिचारको बहस चलाउन सक्नुपर्छ नकि बाहिर गएर गालि गरेर होईन । भएका समितिहरु भत्काउने, कार्यकर्ता भड्काउने, गलत रवैया अपनाउने र चिडचिडाहट र गिडगिडाहट गर्ने यो नीतिसँगत कुरा होइन । आफुले गरेको सधैं ठिक देख्ने र अरुले गरेको गलत देख्ने अतिरन्जित बनाउने तरिका कसैलाई मान्य हुने कुरा होईन ।

भारतमा मूल प्रवाहको हाताभित्र हजारौं समितिहरु छन् । प्रत्येक क्षेत्रमा नगर समितिहरु त्यसको माताहतमा एरिया र टोल समितिहरु साथै बिभागिय समितिहरु साथै बाल सङगठनहरु पनि निर्माण भएका छन् । यसकारण भारतका २९ राज्यहरूमा सङ्गठनको सञ्जाल राम्रो छ । प्रत्येक क्षेत्रीय समितिहरु छन् माताहतमा सयौं नगर समितिहरु, माताहतमा हजारौं एरिया समितिहरुको निर्माण गरिएको छ । यो विशाल सङगठनसँग कसैले खेलवाड गर्छ भने त्यो धोकेवाज हो । आफैले प्रतिवादन गरेका नीतिहरु नमान्ने गलत तत्वहरुलाई पन्छाउनै पर्छ, कि सुध्रेर आउन सक्नुपर्छ । आफ्नै झण्डा ढलाउन खोज्ने, आफ्नै समिति ढलाउन खोज्ने आफु नेतृत्वमा जान मरिहत्ते गर्ने नसके बिरोध गर्ने ब्यक्तिबादी चरित्रको बिरोध हुनुपर्छ ।

यसकारण मूल प्रवाहको झण्डालाई उचो राख्न हामीले पनि हाम्रो ठाउँबाट काम गरिरहेका छौ । नेतृत्वको निर्देशन, नीति र नियम अनुशासन सङ्गठनात्मक प्रणालीलाई लेनिनबादी तरिका अपनाउने प्रयत्न गर्दै आईरहेका छौं ।

कामरेड मोहन बिक्रम सिंह र कामरेड चित्र बहादुर केसीको विशेष पहल र नेतृत्वमा नै भारतमा तात्कालिक एकता समाजको स्थापना भएको हो । अनुकुल परिस्थितिमा पनि माक्र्सवादी दृस्ठिकोणबाट बौद्विक ब्यक्तिहरुले निर्माण गरेको यो सङ्गठनको निकै ठुलो महत्व र योगदान छ । १९७९ ७ नोबेम्वरका दिन स्थापना भएको यो समाजले भारतको पाण्डेचरीमा पनि तुरुन्तै समिति निर्माण गरेको इतिहास छ । भारतको पाण्डेचरीमा १९८२ मा नै नगर समिति निर्माण गरिएको इतिहासमा लेखिएको छ । यो नगर समितिलाई बचाइ राख्न, नेपालीहरुमा पर्ने हरेक समस्यासँग पाण्डेचरी नगर समिति पनि लड्दै आएको छ । सङ्गठनले दिएको कामलाई कुशलतापुर्बक कार्यन्वयन गर्दै सङगठन निर्माणमा जुटिरहेका छौं । भेटघाट, समिति निर्माण, गठन पुनर्गठनले तिब्रता लिएको छ । भारतको अन्य क्षेत्रहरु भित्रका नगरहरुमा जस्तै यहाँ पनि एरिया समितिहरु बिभागिय समितिहरु र विभिन्न ठाउँमा टोल समितिहरुको निर्माण गरिएको छ र गरिंदैछ ।

पाण्डेचरी नगर समिति अन्तर्गत विभिन्न ठाउँमा एरिया समितिहरु छन् । सबैको रिपोर्ट होईन यहाँ मैले पाण्डेचरी नगर समिति अन्तरगत मुदलियर पेट एरिया समिति अन्तर्गतका गतिविधिहरु क्रमबद्ध गर्ने कोशिस गरेको छु । हाम्रो एरिया अन्तर्गत करिव साठी जनाको सदस्य संख्या छ । ती सबै सदस्यहरुलाई लिपिबद्व गर्नुपर्ने हुन्छ । सबै जनाको एरिया समिति पनि हुन सक्दैन । त्यसकारण हामीले चालु टोल समितिहरुका भेला गरियो । जस्तै ए, बि र सि टोल समितिका क्रमशः भेला गरि समिति निर्माण गर्ने काम एरिया सम्मेलन पुर्व नै गरिएको थियो । हाम्रो एरियाको बार्षिक २६ औं एरिया सम्मेलन ०७÷०२÷२०२१ का दिन सम्पन्न भएको थियो । त्यसपछि नयाँ सदस्य अभियान अन्तर्गत नयाँ र पुराना साथिहरु जोड्दै जाँदा मुदलियरपेट एरिया समितिका पुर्व अध्यक्ष तथा अहिलेका सदस्य गंगाराम शर्माको सकृयतामा मिति ७ जुलाई २०२१ का दिन “डि टोल“ समितिको निर्माण गरियो । साथै १७ अगस्त २०२१ का दिन किरामपाकुम क्षेत्र अन्तर्गतका साथिहरुलाई सदस्यता दिने काम र “ई टोल” समिति निर्माण गर्ने काम पनि गंगाराम शर्मा कै सकृयतामा सम्पन्न भयो । लोकबहादुर गुरुङले त्यस एरिया अन्तर्गत पहलकदमि गर्नुभएको थियो । एरिया अध्यक्ष बिनोद गायकको उपस्थिति रहेको थियो । यसरी मुदलियरपेट एरिया समिति अन्तर्गत पाँचवटा टोल समितिहरुको गठन गरिएको छ । एरिया समितिका सम्पुर्ण सदस्यहरु नगर अध्यक्ष, केन्द्रीय सचिव लगायतको उपस्थितमा यस एरिया समितिले विभिन्न कार्यक्रमहरु गर्दै । नेपालीहरुलाई जागरुक गराउने प्रयत्न गर्दै आईरहेको छ । यधपी कतिपय साथिहरु निउ खोज्ने, मापदण्ड बिर्सने, बिधान बिपरित गतिविधि गर्ने अनि अरुलाइ आक्षेप लगाउने खालका कामहरू पनि भएका छन् । तर तिनिहरुका गतिविधिलाई निस्तेज पार्दै हाम्रा कार्यक्रमहरु अगाडि बढेका छन् र बढ्दै जाने छन् । हामी इमानदारी पुर्वक सङगठन निर्माण गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *