फूटपरस्तहरुको भ्रम निस्तेज पार्दै मूल प्रवाहका नेता कार्यकर्ताहरु संगठन निर्माणमा

वलसाड, ४ अगस्त । संगठनको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई कायम राख्ने वा जनवादी केन्द्रीयता सम्बन्धी गैरमाक्र्सवादी–लेनिनवादी सोंचाइ राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई चिर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु भारत व्यापी रुपमा संगठन विस्तार अभियानमा खटिएका छन् । संगठन विरोधी, अराजक तथा महत्वाकांक्षीहरुको गतिविधिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले निस्तेज पार्दै अगाडि बढिरहेको हो ।

अराजक तथा अनुशासन विहिन गतिविधिमा संलग्न भएकाले संगठनबाट साधारण सदस्य समेतबाट निश्काशित व्यक्तिहरुले विभिन्न प्रकारले संगठनमाथि हमला गर्ने कोशिस गरेता पनि उनीहरु परास्त गर्दै समाजका कार्यकर्ताहरुले कैयौं नयाँ नयाँ स्थानहरुमा संगठन निर्माण गरेका छन् भने पुराना र विघटित अवस्थामा रहेका समितिलाई पुनर्गठन गरेका छन् ।

त्यसका साथै संगठनका कार्यकर्ताहरुले भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरु माथि पर्ने समस्याका लागि पनि निरन्तर रुपमा जुटदै आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका छन् । संगठनका अनुशासित र प्रतिवद्ध नेता कार्यकर्ताहरुले अनुशासन विहिन तत्वहरुले संगठनमा पार्न खोजेको फूटपरस्त गतिविधिलाई ध्वस्त पार्दै अगाडि बढिरहेका छन् ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वलसाडमा नगर समितिको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

नगर समितिका पुराना कार्यकर्ताहरु स्वदेश र कामको सिलसिलामा अन्य स्थानमा जानुभएकोले भेला गरि वलसाड नगर समितिको पुनर्गठन गरिएको छ । बालु ठकुल्लाको सञ्चालन, गणेश परियारको अध्यक्षता र पुने परिवारको स्वागत मन्तब्यबाट भेला अगाडि बढेको थियो । भेलालाई केन्द्रीय सचिव एवं क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीले वलसाड नगरको भेला सम्पन्न गरि नगर समिति पुनः गठन गरिएको छ ।

जसमा कार्यसमिति यस प्रकार रहेको छ । अध्यक्ष– गणेश परियार, उपाध्यक्ष– बिरु ठकुल्ला, सचिव– बालु ठकुल्ला, सहसचिव– रुदय ठकुल्ला, कोषाध्यक्ष– पुने परियार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा : बिरु परियार, सेरु परियार, पुर्ण ठकुल्ला, राजेश ठकुल्ला, एकेन्द्र ठकुल्ला, धरु ठकुल्ला, सुरेश परियार, डवल परियार, पदम साउद, बैकल्पिक सदस्य चितल ठकुल्ला, जितु ठकुल्ला, सल्लाहकारमाः दिपक ठकुल्ला, सुरेश ठकुल्ला, गङ्गा राउत र कालु राउत रहनुभएको छ ।

सुरतको सिटीलाइटमा एरिया समिति गठन

सुरत, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने सिटिलाईटमा एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति र नगर अध्यक्ष पूर्ण विकको पहलकदमीमा सो भेला सम्पन्न भएको थियो ।

इन्द्र कटवालको सञ्चालन र गणेश कटवालको अध्यक्षतामा सम्पन्न सो भेलामा सहभागिहरु बीच केन्द्रीय सचिव बेदबहादुर कार्कीले संगठनको आवश्यता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । भेलाले गणेश कटवालको अध्यक्षतामा सिटिलाईट एरिया समिति निर्माण गरेको छ ।

जसमा : उपाध्यक्ष– धनीराम कटवाल, सचिव– ईन्द्र कटवाल, सहसचिव– चन्दु भण्डारी, कोषाध्यक्ष– काशीराम बिष्ट, सदस्यहरुमा : राम भण्डारी, ज्ञानबहादुर थापा, राहुल सोनी, राहुल जोशी, गनबहादुर खत्री, गगन साउँद, बैकल्पिक सदस्यहरुमाः जगत भण्डारी र गणेश भण्डारी रहनुभएको छ । भेलाले कृष्ण सोनीलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई नगर अध्यक्ष पूर्ण विकले बधाई तथा शुभकामना दिनुभएको थियो ।

मानसाको रोमांजमा एरिया समिति निर्माण

मानसा, ३० जुलाई । भारतको पञ्जाबस्थित मान्सा नगर अन्तर्गत सिल्बर सिटी एरियामा रहेको रोमांज होटलमा कार्यरत नेपाली श्रमिक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भएका छन् । रोमांज होटलमा कार्यरत नेपाली श्रमिकहरूका बीच भएको एक भेलाले मूल प्रवाहमा संगठित हुने निर्णय गरेको हो ।

भेलाले भेलाले सन्तोष पिएमको अध्यक्षतामा ११ सदस्सीय समिती गठन गरेको छ । समितिको सचिवमा झगिन्द्र सारु र कोषाध्यक्षमा किसन बराही मगर चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा गोपाल आले, कासिराम घर्ती मगर, विकास बराही मगर, बिस्नु आले, ताल बहादुर राउत, प्रेम बहादुर थापा, हुम बहादुर राउत र सनत थापा रहनुभएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्बोधन गर्दै संगठनको महत्व र मूल प्रवाहका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो हक अधिकारका लागि मजदुरहरू सही विचार बोकेको राजनीतिक संगठनमा संगठित हुनुपर्ने बताउनुभयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मान्सा नगर समिती अन्तरगत सिल्बर सिटी एरियामा रहेको सो होटलमा कार्यरत मजदुरहरूलाई केन्द्रीय सचिव त्रिभुवन भट्टराई र मान्सा नगर समितिका अध्यक्ष बिस्नु नेपालीले पनि सम्बोधन गर्नु भएको थियो ।

सुरतको अलथानमा एरिया समिति गठन

सुरत, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत अलथानमा पुश्कल तिमिल्सिनाको पहलकदमीमा एरिया भेला गरिएको छ ।

राजु सोनीको सञ्चालन र पुष्कल तिमिल्सिनाको अध्यक्षता अगाडि बढेको सो भेलामा नगर अध्यक्ष पुर्ण विक र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको आतित्थ्यता रहेको थियो । भेलामा सहभागिहरुलाई दलबहादुर विकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

एरिया भेलाले अलथान एरिया समिति निर्माण गरिएको छ, जसमा : अध्यक्ष– पुस्कल तिमिल्सिना, उपाध्यक्ष– कटक विक, सचिव– राजु सोनी, सहसचिव– टीका विक, कोषाध्यक्ष– दलबहादुर विक रहनुभएको छ । त्यस्तै सदस्यमा : सर्प तिरुवा, पारस तिमिल्सिना, चन्द्र ढुंगाना, लक्षी विक, महेन्द्र नेपाली, टिकाराम घिमीरे, धर्म विक, अमर विक, वीरबहादुर विक, नवीन विक, बैकल्पिक सदस्यमाः जगर विक र जनक विक, सल्लाहकारमाः गोपाल विक र उमेश विक रहनुभएको छ ।

नयाँ समितिलाई नगर अध्यक्ष पुर्ण विक र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

निलगिरीको उटीमा एरिया समिति पुनर्गठन

निलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत पर्ने उटी एरिया समितिको पुनर्गठन गरिएको छ । दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापा, प्रतिनिधि जगत हमाल र नगर समितिका लोकेन्द्र विकको उपस्थिति तथा पहलमा उटीस्थित नेपाली श्रमजिवीहरु बीच भेला सम्पन्न भएको छ ।

मजदुर दाजुभाईहरु बिच संगठनको बारेमा व्यापक छलफल पछि भेला सम्पन्न भएको छ । पुरानो समितिका साथीहरु धेरै स्वदेश जानुभएको र एकाध साथीहरु मात्र समितिमा रहेको हुँदा समितिको पुनर्गठन गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरि ७ पुर्ण, २ वैकल्पिक र ३ सल्लाहकार एक रिक्त सहित १३ सदस्यीय एरिया समिति निर्माण भएको छ ।

जसमाः अध्यक्ष– भिम बहादुर परियार, सचिव– लोकेन्द्र विक, कोषाध्यक्ष– गोपि परियार, सदस्यहरुमा : रमेश परियार, करसिंह परियार, राम बहादुर परियार, कुमार परियार, बैकल्पिक रामबहादुर कार्की, मिना परियार, सल्लाहकारमा : लक्ष्मी परियार, बल बहादुर नेपाली र सरस्वती परियार रहनुभएको छ, एक स्थान रिक्त राखिएको छ ।

सिलवासाको गोदाम्बी खेरडीमा एरिया समिति निर्माण

सिलवासा, ३ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सिलवासा नगर समिति अन्तर्गत गोदाम्बी खेरडीमा श्रमजिवी नेपालीहरु बीच एरिया समिति निर्माण गरिएको छ ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा नेत्र चौधरीको पहलमा सम्पन्न भेलाको अध्यक्षता नेत्र चौधरीले गर्नुभएको थियो । सौरव कुमार चौधरीको सञ्चालन र कमल चौधरीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा गोविन्द बहादुर थापाले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । भेलाले नेत्र चौधरीको अध्यक्षतामा १३ पूर्ण, ३ वैकल्पिक सदस्य र ४ सल्लाहकार गरि २० सदस्यीय गोदाम्बी खेरडी एरिया समिति गठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– कमल चौधरी, सचिव– शौरव कुमार, सहसचिव– बुद्धिराम चौधरी र कोषाध्यक्ष– महेश चौधरी रहनुभएको छ । त्यस्तै सदस्यमाः रमेश चौधरी, सजिव चौधरी, भागीराम चौधरी, मान बहादुर चौधरी, शिव चौधरी, अशोक चौधरी, दिपेश चौधरी, विकाश चौधरी, वैकल्पिक सदस्यमाः खेम चौधरी, कालुराम चौधरी र राजेश चौधरी रहनुभएको छ । भेलाले महेश दशलाल, सुवेश चौधरी, गोविन्द चौधरी र आशिस राना रहनुभएको छ ।

नयाँ समितिलाई गोविन्द बहादुर थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

दमनको पञ्चालमा एरिया समिति गठन

दमन, १ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमन नगर समितिमा बृहत भेलागरी पञ्चाल एरिया समितिको पुनर्गठन गरेको छ । भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय सदस्य तथा दमन नगर समिति इंचार्ज बाबुराम दहितको विशेष उपस्थिति रहेको थियो ।

भेला सुन्दर चौधरीको सञ्चालन र टेक बहादुर चौधरीको अध्यक्षतामा अगाडि बढेको थियो । भेलामा सहभागीहरुलाई रोशन चौधरीले स्वागत गर्नुभएको थियो । भेलाले १३ पूर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरी १७ सदस्य पञ्चाल एरिया समिति पूनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष– टेक बहादुर चौधरी, उपाध्यक्ष– रोशन चौधरी, सचिव– सुन्दर चौधरी, सहसचिव– चन्दर चौधरी, कोषाध्यक्ष– लौटन चौधरी रहनुभएको छ । त्यस्तै पूर्ण सदस्यमा : चुनीलाल चौधरी, मुसु चौधरी, अन्जन चौधरी, खोजराम चौधरी, निलबहादुर चौधरी, सुमन चौधरी, सञ्जय चौधरी, कमल चौधरी, वैकल्पिक सदस्यहरुमा : रामजनम चौधरी र किसन लाल डगौरा रहनुभएको छ । त्यस्तै भेलाले किसान चौधरी र आशमान चौधरीलाई सल्लाहकार चयन गरेको छ ।

हिसारको प्रेम नगरमा टोल समिति गठन

हिसार, १ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘ए’ अन्तर्गत प्रेम नगर टोल समिति गठन गरिएको छ ।

केन्द्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीको विषेश उपस्थितिमा सम्पन्न भेलामा दुबै जना नेताहरूले मूल प्रवाहको विधान तथा भारतमा मूल प्रवाहको आवश्यकताबारे चर्चा गर्नु भएको थियो ।

भेलाले तारा सुनारको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सचिव टेक बहादुर सुनार, कोषाध्यक्ष सीता विक, सदस्यहरुमा भिम बहादुर विक, बिमला सुनार, बिनु विक, सबिता परियार रहनु भएको छ ।

कार्यक्रम केहर सिंह घर्ती मगरको सञ्चालन तथा भिम बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको जानकारी केन्द्रीय सल्लाहकार तारा सोमारेले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार