फेरी लुटिए नेपाली यूवक

चंडिगढ, २ सेप्टेम्वर । २०२१ सल्यान जिल्ला, सारदा नगरपालिका १५ हरल्ले घर बताउने खेल बहादुर भण्डारीको छोरा वर्ष २१ का प्रदिप भण्डारीले आफु भारतको चंडिगढमा हिंजो वुधवार लुटिएको बताएका छन् ।

३१ अगस्तको नेपाल जान भनि हिमांचल को रोहडुबाट हिडेका प्रदिप भन्डारी १ सेप्टेम्वर बिहान शिमला पुगेको र त्यहा“बाट आफ्नो साडुसँगै हिडेको बताउछन् । उनी चंडिगढमा बसबाट झरेपछि संगै आएका नेपालीहरुले चिसो र नास्ता खाउँ भनेपछि भरोसा गरेर आफुहरुले उनीहरु संगै चिसो खाए पछि वेहोस भएको र होस आएपछि आफुसँग भएको नगद ३२ हजार नेरू पनि लुटिएको थाहा पाएको बताउछन् ।

उनलाई हाम्रा समाचार संयोजक खिमराज चालिसेको पहलमा सागर एंड सगरमाथा टुर एंड ट्रावल्सले सम्पुर्ण खर्च वेहोर्ने गरि नेपाल पठाइएको छ । यात्राको दौरानमा सतर्कता न अपनाएउँदा भारतका विभिन्न स्थानहरुमा नेपालीहरुबाट नै नेपालीहरु लुटिने ठगीने गरेको समाचार लामो समयदेखि आइरहेको सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ले सबै नेपालीहरुलाई सचेत पार्ने, स्थानीय प्रसाशनलाई ध्यानाकर्षण गराउँने, पत्रकार सम्मेलन गर्ने लगाएतका कार्यहरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार