फेरी संसद विघटनको खेल शुरु : चित्रबहादुर केसी

59 जनाले पढ्नु भयो ।

श्यामलाल पोखरेल

बुटवल, चैत्र २४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्र्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताउनु भएको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो धारणा राख्नुभएको हो । सरकारले संसदलाई विनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमनत्रीले राजीनामा दिनुको विकल्प नभएको तर्क गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्नेमा जोड दिनुभयो । सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी केसीले गर्नुभयो । भारतले नेपालमा अस्थिरता चाहेको उल्लेख गर्दै– “नेपालको अखण्डता र सार्वभौकितामाथि भारतले पहिलेदेखि नै कब्जा जमाउन गतिविधि सञ्चालन गरिरहेको छ ।”

“नेपालमा जवरजस्ती एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको छ ।” केसीले भन्नु भयो– “नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसिसी ल्याएर अमेरिकी सेना नेपाल भित्राउन खोज्ने अमेरिका नेपालको हितमा छैन ।”

नेता केसीले संघीयताको बिरोध गर्दा नेपालमा राष्ट्रिय जनमोर्चालाई राजनीतिक रुपमा एक्लाइएको स्मरण गर्दै भन्नु भयो– “अहिले संघीयताको बिरोध गर्नेको संख्या बहुसंख्यक भैसकेको छ ।” संघीयता असफल भैसकेको दावी गर्दै –“एउटा सरकार चलाउन नसकेको देशले आठवटा सरकार चलाउन कसरी सम्भव हुन्छ ?” संघीयता असफल भैसकेको र संघीयताबादीलाई संघीयता घांडो भएको अध्यक्ष केसीको थप भनाई थियो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोन्नु परेको बताउनुभयो । अनियमितता, भ्रष्टाचार, महङीले सीमा नाघेको उल्लेख गर्दै हत्याहिंसाका घटनामा संलग्नहरुलाई सरकारले कारावाही गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा शुरुभएको सम्मेलनको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेकपा एमाले, प्रदेश सांसदहरु कृष्ण थापा, खिमविक्रम शाही, तारा, जीसी, अखिल नेपाल किसान महासंघका भैरवराज रेग्मी, अलिख नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल छैठौका केन्द्रिय अध्यक्ष विमल पोखरेल, अन्टुकका लोकराज भुसाल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अलिख नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्की, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन लगायतले बोल्नुभएको थियो ।

हिमलाल पुरीको सञ्चालन र महासचिव जनकराज शर्माको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो । बुटवलमा चैत्र २४ गते उद्घाटन गरिएको राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन तीन दिनसम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनमा ७१ जिल्लाबाट ३ बढीको प्रतिनिधिन्व रहेको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *