बङ्गलाचुली–४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

काठमाडौँ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा आयोजित भेलाले दुर्इ स्थान रिक्तसहित १५ सदस्यीय वडा समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा सूर्यबहादुर खत्री, उपाध्यक्षमा पिरम नेपाली, सचिवमा मिनराज पौडेल, सहसचिवमा दानबहादुर घर्ती र कोषाध्यक्षमा सलिना परियार रहनुभएको छ । त्यसैगरी सदस्यमा हिमलाल घर्ती, भोपाल बुढा, भुमा बुढा, भिमबहादुर थापा, खगा तिवारी, सुरज घर्ती, प्रेमलाल घर्ती र टिकाराम तिवारी रहनुभएको ।

त्यस्तै समितिको सल्लाहकारमा तिलक घर्ती, सुमड घर्ती र भिमबहादुर खत्री रहनुभएको छ ।

यो पढ्नुहोस् : युवक संघ बङगलाचुलीको अध्यक्षमा भिमबहादुर थापा

दाङ बङगलाचुली गाउँपालिकामा दर्जनौ युवा राष्ट्रिय जनमोर्चामा प्रवेश

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार