बनको बाघ भन्दा मनको बाघ भय लाग्दो

40 जनाले पढ्नु भयो ।

सुरेशकुमार पाण्डे

काउलेपानी गाउँ चारैतिरबाट जङ्गलले घेरेको रमणिय छ । त्यो बेला त्यहाँ जम्माजम्मि नौवटा घरहरु, जस्मा बाहुँन, क्षेत्री र मगरका थिए । यहाँदेखि करिब आधा घण्टा जति जान लाग्ने बोच पोखरामा एउटा प्राईमरी स्कुल थियो । (जो अहिले हाई स्कुलछ) साहेद यो स्कूल त्यो बेला माझ परेर राखेको हुँन सक्छ । किन कि काउले पानी तिर राङ्गजाँग, रापधारा, प्यारधारा, छाप कल्लेरी, उता स्यूजा, खाडा हार्जा, उजा, जरुवा गोठिबन, खयरधारा, पश्मितिर कालिमाटी, टेङ्टैङ खोला, पुरुङ छेडा फाँटा, टाकुरा र हर्नकसम्मका फलिदे उतिबेला मर्वेश आदिसम्मका बिद्यार्थीहरु त्यहाँ पड्दथे । यो स्कूल पनि चारै तिरबाट जंगलले घेरेको हुनाले रातिमा प्राय सुनशान हुन्थ्यो ।

काउलेपानीमा एउटा शिद्धथान थियो, सल्लेरी घेरिएको बनको माथि धुरीमा थियो । जहाँ बर्षको एकपाली दशैं पछिको पाँच पुन्यौमा ठुलो मेला लाग्छ । त्यो बेला त्यहाँ मेला भयानक हुन्थ्यो । लडाई झग्डा हुन्थ्यो, त्यसैले लगभग दाङ, प्युठान, रुकुम, रोल्पा र सल्यान समेतमा त्यो ठाउँ अपरिचित नहुँन सक्छ ।

काउलेपानी गाउँको नजिकबाट हिमचुली प्रष्ट देखिन्छ, नामले काउँलेपानी भएपनि हिँउदमा लामो घडेरी पर्यो भने यहाँका पँधेरा सुक्छन र हल्दि गैराको पनि कुवा सुक्यो भने बिहान भरिको बाटो हिँडेर पानी ल्याउँनु पथ्र्यो । यस्तो कहिले कसो हुथ्यो । बन जंगलको सुबिधा र हिमालचुली सूर्य उदायको र अस्ताएको प्रष्ट देखिने राम्रो गाउँ हो । यहि गाउँको जैसी बाहुँनको परिवारमा आठौँ भाई बैनि मध्यको सेते हो जसको जन्म पनि यहि गाउँमा भएको थियो ।

काठका सिल्पाटी बनाएर गोलभेडाको पातले मसि लगाएर त्यो बेला सेते लगायतका बिद्यार्थीहरु स्कूल जान्थे, ढुँगेघरीबाटमा प्रसस्तै भेट्टिन्थ्यो । उनीहरु त्यो आधा घण्टाको बाटो पन्द्र÷बिस मिण्ट भित्रै पुगिहाल्थे । दौडेर, कहिले काहिंत आँखा चिम गरेर पनि हिँड्थे । त्यो स्कूल जाने बाटोमा दाउरा गर्न, स्याउला खेर्न दिनहुँ आउँने जाने हुथ्यो । त्यसैले पनि उनीहरु आँखा तोपेर पनि हिँड्न सक्थे । आउँदा जाँदा बाटोमा कालापानीमा पिउँने पानीको केतुकिको पात लगाएर धारो बनाउँथे । त्यहि पानी सबै बाटमा हिँड्नेहरुले पिउँथे ।

कसै कसैले कथा सुनाउँने गर्थे, बोच पोखरामा रातीमा भूत सेतो घोडामा हिँड्छ, अनि भुतेनी पनि हिँड्छन, कहिले त्यहाँ आगो बालेका हुँन्छन् । अनि चुरा छाईँछाई बज्छन आदि ईत्यादि भ्रामक कुराहरु सुनाईन्थ्यो ।

एकदिन काउलेपानीबाट सेतेको बाबाले दिदीलाई पठाउन जा भन्दै सेतेलाई अह्राउँनु भयो । त्यो बेला दिदीको घर खाडा भन्ने गाउँमा थियो । जाँदा बोच पोखरा भएरै जानु पथ्र्यो । बाटो त एक घण्टा जतिको थियो तर दीदीका घरका तल डुँडा भन्ने ठाउँमा गोठ बसेकाले थप एक घण्टा अरु हिँड्नु पर्यो । सेतेले दीदीलाई गोठ छाडेर फरक्कै फक्र्यो । उ कसैका घर बस्दैनथ्यो । दिदीले धेरै संझाईन बस्नलाई तर उ बाहिरबाटै फर्कियो । उसले खाडामा पनि पस्नु पथ्र्यो त्यहाँबाट भट्टको बिउँ लिएर आएस, आउँदा बाबाले भन्नु भएको थियो ।

खाडामा सेतेको दाईको ससुराल थियो । त्यहाँ पुग्दा रात परिसकेको थियो सेते त्यहाँ बस्नुस भन्दा पनि अटेर गरेर हिडिहाल्यो । उ बचपोखरा नपुग्दै जुन निस्किएका थिए, उज्यालो देखिन्थ्यो । जस्तै सेते बोचपोखरा पुग्यो छ्याईँछ्याईँ हटहट गरेको र घोँडा यँहेहे गरेको आवाज आएजस्तो लाग्यो । यताउता हेर्दा केहि पनि देखिन्न तर अलि पर गवन खोला तिर केहि सेतो घोँडा झैँ लाग्थ्यो । जता सेते हिड्नु थियो, त्यो डाँडामा आगोको धुँवा जस्तै देख्यो, अनि चुरापनि बजेको जस्तो उसले पहिले सुनेको कथा सबै मुखार भय । सेते त्यो बेला आठ बर्ष पुग नपुगको थियो होला । जेहोस उसलाई घर पुग्नै थियो, उ दनादन हिँड्दै गयो । जब डाँडो काट्यो उ झसिङ्ग भयो उसलाई लाग्यो आफु सित सँगै कोहि हिँडेको जस्तो । फर्केर हेर्दा आफ्नै छाँया रहेछ ।

उसले फेरी गडगड यँहेहेहे.अनि छ्याईँछ्याई घोडा हिडेको जस्तो महशुस गर्यो । तर पछि केहि पनि देखिंदैनथ्यो । जस्तै एउटा डाँडो काटिदै आर्कोमा पुग्यो सामुन्ने बिशाल आक्रितीको कालो राता राता आँखा गरेको केही देख्यो । उसलाई लाग्यो त्यही भूत भन्ने हो उ ठिङ्गै उभियो । चिच्चाउँन खोज्छ बोली फुट्दैन, टाउँकोमा कसैले हाँनेको झैँ सुन्ह भयो, हात खुट्टा चलेनन् । उसको स्वाश तलको तल र माथिको माथी नै रह्यो । कसो–कसो गर्दा हात खुट्टा चले तर बोल्न सक्दैन उसलाई लाग्यो आज अन्तिम दिन हो । तर मरेपनि लडेरै मर्नु पर्छ, उ पछाडि पनि फर्किन सक्दैन, अगाडि पनि जान सक्या छैन । सेतेलाई एउटा कुरा सुझ्यो, त्यो आफ्नो अगाडि भएको अलि ठुलो ठुँङ्गा उचालेर अब उ आँखा चिम्म गरेर भुतलाई हिर्काउँन दौडेर गयो अनि ढाईँया ढुङ्गाले भुतलाई बजाई दियो । आँखा बिस्तारै खोल्यो हेर्दा आफु आश्चार्य पर्दै आफैलाई धिकार्छ । त्यो अरु केहि थिएन कसैले ढालेको सल्हामा उनै पाठशाले केटाहरुले आगो लगाएर कालो भयको ठुटो थियो ।

आज त्यहि ठुटाले सेतेको झन्नै प्राण लिएको थियो । अब उ ढिलो नगरी त्यहाँबाट दनादन हिँढ्छ । अँझै यस्ता तिन चारौटा डाँडा र गैरा काट्न थियो । माउँरी गाडेको चौरमा पुगे पछि हेर्दै अँघि दौड्दै उँ सिद्ध थानको तल पातिहाल्ने ठाउँमा कति छिटो पूगेछ पत्तै भयन । त्यहाँबाट आफ्नो घर देखेपछि आफु अब बाँच्छ जस्तो लाग्यो । त्यहाँ एकछिन सुस्तिँदा अर्को कहावत पनि सँझिन्छ “बनमा बाघ छकि छैन मनको बाघले खायो” यहि भन्दै गनगन गर्दै एक्लै घर पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *