बहादुर सिंह, खगेश्वर आचार्य र हरि आचार्यप्रति मसालको श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले बैतडीका बहादुर सिंह, बागलुङका हरि आचार्य र नवलपुरका खगेश्वर आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले उहाँका शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ असार २४ गते प्रसारित प्रेसवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।

प्रेसवक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

“बागलुङ जिल्ला जैमुनी नगरपालिका–१ निवासी का. हरि आचार्य (का. बाबुराम) को २०७७ असार २३ गते मृत्यु भएको छ । उहाँ नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि नेकपा (मसाल) मा काम गर्दै आउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ पार्टीको इमान्दार, कर्तव्यनिष्ठ र असल कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति पुगेको छ । नेकपा (मसाल) ले का. हरि आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

त्यस्तै, बैतडी जिल्ला पाटन नगरपालिका–५ निवासी का. बहादुर सिंह (का. बादल) को ३ जुलाई २०२० मा भारतमा मृत्यु भएको छ । उहाँ नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँ सन् १९८२ देखि एकता समाजमा सङ्गठित भई विभिन्न पदमा रहेर सङ्गठनमा योगदान पु¥याउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि मधुमेह रोगको उपचार गराइरहनुभएको थियो । उहाँ इमान्दार, कर्तव्यनिष्ठ र असल कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति पुगेको छ । नेकपा (मसाल) ले का. बहादुर सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

त्यसैगरी, नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका–१४ अमरापुरी निवासी का. खगेश्वर आचार्य (का. सञ्जय) नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँको ३ जुलाई २०२० मा भारतमा मृत्यु भएको छ । उहाँ मूल प्रवाह एकता समाजमा सङ्ठित भई सङ्गठनमा योगदान दिँदै आउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि डायबिटिजका साथै किड्नी समस्याको उपचार गराइरहनुभएको थियो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति भएको छ । नेकपा (मसाल) ले का. खगेश्वर आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार