बाँकेमा एमसीसी विरुद्व संयुक्त विरोध सभा

  •   
  •  
  •  
  •  
  •  
  •  

221 जनाले पढ्नु भयो ।

जगदीस ढकाल, कोहलपुर ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै बाँकेका राजनीतिक दलहरु सयुक्तरुपमा प्रदर्शन गरेका छन् । नेकपा (मसाल),राष्ट्रिय जनमोर्चा,नेकपा (क्रान्तिकारी) माओवादी लगायत राजनीतिक दलहरुद्वारा आयोजीत एमसीसी तथा भारतले गरेको सिमा अतिक्रमण विरुद्वमा आज कोहलपुरमा बिरोध सभा गरिएको हो ।

आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का पूर्व प्रवक्ता तथा पूर्व सांसद हरि आचार्यले इन्डोप्यासिफिक रणनीति अन्तरगत आएको अमेरिकासंगको राष्ट्रघाटी सम्झौता देशकोलागी आत्मघाती भएकोले यसलाई तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । त्यस्तै,उहाँले कालापानी,लिपुलेख,लिम्पियाधुरा लागएत भारतले अतिक्रमण गरेका नेपाली भुमी तत्काल फिर्ता ल्याउन कदम चाल्न सरकारसंग माग गर्नुभएको भयो।

बिरोध जूलूस न्युरोडबाट कोहलपुर बजार परिक्रमा गर्दै एनटिभी रोडमा पुगि बिरोध सभामा परिणत भएको थियो। उक्त बिरोध सभामा नेकपा माओवादी (केन्द्र)का पिबिएम नरेश शाही ,नेकपा क्रान्तिकारी (माओवादी) का केन्द्रीय सदस्य अर्जुन शाही, लगाएत नेताहरूले सरकारद्वारा गरिएको एमसीसी सम्झौता संसदद्वारा पास नगरि खारेज गर्न माग गर्नुभएको थियोे ।

राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन नेकपा क्रान्तिकारी (माओवादी) बाँकेका सदस्य हरिकृष्ण न्यौपानेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *