बागलुङकाे गलकोटमा एमसीसी विरुद्ध विरोध सभा

तिलक थापा,बागलुङ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले बागलुङको गलकोटमा विरोध प्रदर्शन गरेको छ । राजमो गलकोट नगर समितिको आयोजनामा बुधबार भएको विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला सल्लाहकार टंक केसीले अमेरिकाले सहयोगको नाममा एमसीसी परियोजना लागू गरेर नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाउनुभयो ।

सरकार र प्रतिपक्ष दल समेतले राष्ट्र हित बिपरितको परियोजना पारित गर्न खोज्नु साम्राज्यवाद सामु आत्म समर्पण भएको बताउनुभयो । केसीले नेपाली जनतालाई अनुदानको नाममा दासत्व स्वीकार्य नहुने भन्दै खारेजीका लागि आन्दोलनमा आउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा राजमो जिल्ला सल्लाहकार बेदिलाल सापकोटा, जिल्ला सदस्य पदम श्रेष्ठ, बिष्णु बस्नेत लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पुष्कर सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार