बागलुङको धारा माविलाई पूर्वविद्यार्थीबाट स्वास्थ्य सामग्री सहयोग

बागलुङ । बागलुङको धारा माध्यमिक विद्यालयको पूर्वविद्यार्थीहरूले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विद्यालयबाट सातौँ ब्याच अर्थात २०६८ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको पहलमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा मद्दत पुगोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीहरूले १ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तारन्तरण गरेका विद्यालयले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष अमर बहादुर थापाले विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेर अभिभावकीय भूमिका निर्वाह गरेको बताउनुभयो । पूर्वविद्यार्थीहरुले विद्यालयप्रति देखाएको सहयोगले सम्पूर्ण पूर्वविद्यार्थीहरुको सहयोग र सद्भावको अगुवाई गर्दै सबै पूर्व विद्यार्थीहरुलाई विद्यालयसँग जोडिन आग्रह गर्नुभयो ।

उहाँले हाम्रो विद्यालय गुणस्तरीय शिक्षाका लागि अगाडि बढेको विद्यालय भएकोले र समग्र शिक्षाको विकासका लागि सबै पूर्वविद्यार्थीहरुको साथै सचेत नागरिकले आ—आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापा, पूर्वअध्यक्ष तथा सल्लाहाकार तिलक थापा, आर्थिक समितिका संयोजक थिरबहादुर राना, शिक्षक भिमबहादुर विक, बाल क्लबका उपाध्यक्ष कविता थापा, पूर्वविद्यार्थीहरु सूर्य विश्वकर्मा, ओमकार थापा, साजन सुनारले मन्तव्य राख्नु भएको थियो ।

पूर्वविद्यार्थी हरिबहादुर थापाको अध्यक्षता पूर्वविद्यार्थी दिपिसा पुनको स्वागत र पूर्वविद्यार्थी बेलमति थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार