बागलुङ घटनाप्रति नेकपा (मसाल) द्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले बागलुङको ढोरपाटनमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएकोप्रति गम्भीर दुःख प्रकट गरेको छ ।

बिहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले पहिरोमा परि निधन भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते र पीडित जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

वक्तव्यमा सिंहले पीडित जनताको उद्धार र सहयोगको लागि सबैतिरबाट सहयोगको अनुरोध पनि गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ :

‘बाग्लुङ्ग ढोरपाटनमा आएको भीषण पहिरोको कारणले त्यहाँका कैयौँ वडाहरूमा पुगेको ठुलो घनजनको क्षतिप्रति नेकपा (मसाल) ले गम्भीर दुःख प्रकट गर्दछ । त्यहाँ कैयौँ वडाहरू पूरै क्षतिग्रस्त हुनुको साथै ठुलो सङ्ख्यामा मानिसहरूको निधन वा बेपत्ता समेत भएका छन् । घर र जग्गा जमिनको समेत ठुलो मात्रामा क्षति भएको छ ।

हामीले त्यो पहिरोमा परि निधन भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाईते र पिडित जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । त्यसका साथै त्यहाँ ठुलो सङ्ख्यामा बेपत्ता भएका मानिसहरूको खोज तलासको आवश्यकताप्रति पनि जोड दिन्छौँ ।

उक्त दुर्घटनामा क्षति भएका पीडित जनताको उद्धार र सहयोगको लागि सबैतिरबाट सहयोगको अनुरोध गर्दछौँ । त्यसका लागि सबै राजनीतिक दल, सङ्घ संस्था, सरकार र स्थानीय प्रशासन समेत सम्पूर्ण जनतासँग हामीले अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार