बाग्लुङमा काँग्रेसले देखायो अभद्र व्यवहार

बाग्लुङ । उपनिर्वाचनको मतदान गर्ने अघिल्लो दिन नेपाली कांग्रेसले बाग्लुङमा अमर्यादित गतिविधि गरेको भन्दै वाम गठबन्धनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
‘संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति’का संयोजक अमर थापाले शुक्रबार विज्ञप्ति प्रकासित गरी बागलुङ जिल्ला क्षेत्र नं. २, प्रदेश (ख)मा मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको पूर्व सन्ध्यामा तमानखोला गाउँपालिकाको, बोंगादोभान बजार नजिक मूल बाटोमा ढुकेर बसेका, नेपाली कांग्रेस समर्थित युवा जत्थाबाट बामगठबन्धनको समन्वय र सहजीकरण नेतृत्व प्रति अभद्र व्यवहार गरिएको भन्दै निन्दा र भ्रत्सना गर्नुभएको छ ।

थापाले बाटो हिँडिरहेका नेताहरुको गाडी रोकेर अनर्गल गालीगलौज गर्नुका साथै मिडियामा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । कांग्रेसले निर्वाचन भाँड्ने षडयन्त्र गरी परिस्थितिलाई उत्तेजित बनाउन खोजेपनि संयमित भएर मतदानमा हभागी हुन थापाले आम कार्यकर्ता एवं मतदाताहरुसँग अपिल गर्नुभएको छ । प्रस्तुत छ वक्तव्यको पुर्ण पाठः

“बागलुङ जिल्ला क्षेत्र नं. २, प्रदेश (ख)मा मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको पूर्व सन्ध्यामा, मिति २०७६ मंसिर १३ गतेका दिन तमानखोला गाउँपालिकाको, बोंगादोभान बजार नजिक मूल बाटोमा ढुकेर बसेका, नेपाली काँग्रेस समर्थित युवा जत्थाबाट बामगठबन्धनको समन्वय र सहजीकरण नेतृत्व प्रति गरिएको अभद्र व्यवहारको घोर निन्दा र भ्रत्सना गर्दछौं ।

निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन, तथा समन्वयका लागि निर्वाचनमा सहभागी सबै दल, उमेदवारका तफर्लबाट ८/८ जना जिल्ला स्तरीय नेतृत्व, सम्बन्धित निर्वाचन क्षेत्रभित्र बस्ने गरि, जिल्ला निर्वाचन कार्यालयसँगको सहमति अनुसार बाम गठबन्धनका तर्फबाट गोविन्द नेपाली, राजेन्द्र ढुँगाना, वलावती शर्मा, अमर थापा, ज्ञामनाथ गैरे, चन्द्र बहादुर बुढा, कृष्ण पाठक, तिलक थापा रहने निर्णय भएको थियो ।

सुरक्षा निकायलाई समेत जानाकारी गराई तमानखोलाको निर्वाचन समन्वय र सहजीकरणका लागि केही साथीहरु तमानखोला पुगेर फर्कने क्रममा बाटोमा हिंडिरहेको अवस्थामा गाडि नै रोकेर विभिन्न अनर्गल लान्छना, गाली गलौज तथा अमर्यादित ढंगले प्रस्तुत हुनु र उक्त घटनालाई संयमतापूर्वक समाधान गरेर फर्किएको विषयलाई नेपाली काँग्रसले मिडियाहरुमाफर्त गलत र भ्रामक समाचार बनाएर परिस्थितिलाई भाँड्ने वा निर्वाचनलाई समेत अमर्यादित बनाउने चलखेल भएको प्रति हाम्रो गम्भमीर ध्यानाकर्षण भएको छ । निर्वाचनलाई मर्यादित, भय रहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने हामी सबैको दायित्व र कर्तव्यलाई हाम्रो गठबन्धनबाट सकरात्मक र रचनात्मक भूमिका हुनेमा जिममेवार ढंगले प्रस्तुत हुन्छौं र प्रतिवद्ध छौं ।

निर्वाचनको समन्वय र सहजीकरणका लागि जिल्ला निर्वाचन कार्यालयसँगको समन्वय र सहमतिमा जिल्ला स्थित जिम्मेवार नेतृत्व यहाँ रहने विषयमा नेपाली काँग्रेस आफैले त्यो भद्र सहमतिको उल्लंघन गरेको छ । जिल्ला नेतृत्व यहाँ रहनुपर्नेमा तनहुँका प्रदिप पौडेल र दार्चुलाका मञ्जित ताम्राकार अहिलेपनि गाउँ गाउँमा मतदाताकहाँ पुग्ने र मतदाता भड्काउने काममा रहेको गठबन्धनलाई जानाकारी छ । त्यसो नगर्न हामीले काँग्रेस जिल्ला नेतृत्वलाई विनम्रतापूर्वक आग्रह पनि गरिरहेका छौं । हाम्रो आग्रहको अवमूल्यन भइरहेको हामीले पाएका छौं ।

तर हाम्रा जिम्मेवार नेतृत्व तथा जनप्रतिनिधिलाई विवादमा ल्याउने गरि उत्तेजित र उछृङखल व्यवहार देखाउनु निर्वाचन प्रक्रियाबाट विचलित भई भ्रमको खेति तर्फ उन्मुख भएको देखिन्छ । यो दुःखद घटना हो । यस अघिपनि तमानखोलाको खुँखानीमा हाम्रो उमेदवार सहितको सभामा त्यहाँका स्थानीय काँग्रेस कार्यकर्ताले कार्यक्रम स्थल घेर्ने, नारावाजी गर्ने जस्तो अमर्यादित व्यवहार देखाएको थियो ।

त्यस्तै निसीखोला वडा नं. ४ का वडा अध्यक्ष समेतले, बाम गठबन्धनका रुद्र पौडेल माथि अभद्र व्यवहार गर्नु राम्रो थिएन । उक्त असामान्य व्यवहारका विषयमा काँग्रेस नेतृत्वसँग जानाकारी गराइएपछि काँग्रेस पार्टिका तर्फबाट त्यो क्रियाकलाप गलत भएको भन्दै क्षमायाचना गरेको थियो । निर्वाचनको सम्मुखमा आएर जुन घटनाक्रम दोहोरिएको छ, यो निर्वाचनमा बाम गठबन्धनको बलियो उपस्थिति देखेपछि उत्पन्न हार मानसिकताको उपज हो।

पराजित मानसिकताबाट ग्रसित भएर निर्वाचनको परिस्थिति भड्काउने र उत्तेजित वातावरण निर्माण गर्ने खेलमा नलागि जिम्मेवार बन्नका लागि हामी सम्बन्धित पक्षलाई आग्रह गर्दछौं । साथै बाम गठबन्धन समर्थक नेता, कार्यकर्ता, समर्थक तथा सम्पूर्ण मतदाताहरुमा सम्यमित भई निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भय रहित वातावरणमा सफलपार्न हार्दिक अपिल गर्दछौं।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार