बाबु–नानीहरुलाई क्रिकेट सामाग्रि वितरण

223 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । नेपाली दाजुभाइ तथा दिदि–बहिनिहरुका स–साना बाबु–नानीहरुलाई प्रोहत्शाहन का लागि क्रिकेट व्याट र वल प्रदान गरिएको छ ।

सो सामाग्रिहरु डा. अर्चना नैथानी Cricket4 Kids India का संस्थापक तथा उपाअध्यक्ष द्वारा क्रिमशको अवसरमा वितरण गरिएको हो ।

भारतबाट IME गरी नेपालमा आफ्नो परिवार तथा आफन्तहरुलाई पैसा पठाउने नेपाली दाजुभाइ तथा दिदि–बहिनिहरुका स–साना बाबु–नानीहरुलाई प्रोहत्शाहन का लागि डा. अर्चना नैथानीद्वारा क्रिकेट Bat तथा Ball बितरण गरिएको हामीलाई रेमिटेन्सका हेड श्री हिमान्शु लेखकले जानकारी दिनु भयो ।

डा. नैथानीद्वारा IME Forex India Pvt Ltd का Remittance Head, श्री हिमान्शु लेखकलाई यो ब्यवस्थापना तथा सहयोगको लागि स्मृति चिनो प्रदान गर्नु भएको थियो ।

त्यस्तै मिडिया सहयोगका लागि नेपाली समाचार तथा अन्लाइन नेपाली एकताका प्रतिनिधि श्री शिव केसीलाई पनि स्मृति चिनो प्रदान गरिएको छ लेखकले बताउनु भयो ।

स्मरण रहोस्, विगतमा भारत प्रवासबाट नोकरी पेशा गर्ने श्रमजिवी नेपालीहरुले आफूले आर्जन गरेको आर्थिक घर पुर्याउन समेत अत्यन्तै कठिनाइ पर्दै आइरहेको थियो । यो विषम परिस्थितिलाई समाम्य पार्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायत भारतमा रहेका विभिन्न संघ संस्थाहरुले प्रवासी नेपालीहरुको ज्यू धनको शुरक्षाको प्रत्याभूतिका लागि नेपाल तथा भारत सरकार समक्ष निरन्तर आवाज उठाउँदै आएका थिए ।

विते केही वर्षयता भारतबाट नेपालमा रेमिटेन्स पठाउने व्यवस्था भइसके पछि श्रमजिवीहरुले आफ्नो श्रमबाट उपार्जन गरेको आर्थिक घर परिवारसम्म पुर्याउन IME ले निकै महत्वपूर्ण योगदान पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *